काठमाडौं, २९ जेठ २०७६ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दिएको निर्देशनकोविरुद्ध युवाहरुले आज बुधबार  पनि प्रर्दशनमा उत्रिएका छन् ।

समितिले स्थानीय तहमा भर्नाका लागि खोलिएको लोकसेवा संविधान अनुसार समावेशी नभएको दाबी गरेको थियो । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने अघि बढेको प्रक्रिया रद्द नहुने बताएका छन् । युवाहरुको आन्दोलनमा साथ दिन बुधबार साझा पार्टीका अध्यक्ष रवीनद्र मिश्र पनि माइतीघर पुगेका छन् ।

आज बिहानैदेखि राजधानीको माइतीघर मण्डलामा जम्मा भएर संसदको राज्य व्यवस्था समितिविरुद्ध नाराबाजी गरेका थिए  । लोकसेवाको परीक्षा तयारीमा आएका हजारौँ विद्यार्थी राज्य व्यवस्था समितिको निर्देशनपछि निराश भएका छन् ।

उनले त्यहाँ पुगेर सम्बोधन गर्दै आफ्नो र देशका लागि लडिरहन आग्रह गरे । मिश्रले यो आन्दोलनमा सबैले होस्टेमा हैँसे गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

स्थानीय तहमा भर्ना गर्न ९ हजार १ सय ६६ जना कर्मचारीका लागि जेठ १५ गते लोक सेवाले खोलेको विज्ञापन संसदको राज्य व्यवस्था समितिले रद्द गर्न निर्देशन दिएसँगै परीक्षार्थी आन्दोलित भएका हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्