२०८३ वैशाख २८, सोमबार
९:०४:१९ बिहान
- ADVERTISEMENT -

बेलायती दरबारले सम्झियो नेपाल सम्बन्ध

प्रकाशित मिति: २०७६ जेठ २९, बुधबार

811
Shares

काठमाडौं, २९ जेठ २०७६ । बेलायती महारानी एलिजाबेथ द्वितीयाका कान्छा नाति तथा शाही सम्बोधनमा द ड्युक अफ ससेक्स भनिने राजकुमार ह्यारीलाई बेलायत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी ओलीले मंगलबार भेटेका छन् ।

प्रधानमन्त्री ओलीलाई मंगलबार भेटेपछि ससेक्स रोयल नामको इन्स्ट्राग्राममा पनि ह्यारीको सन् २०१६ को नेपाल भ्रमणबारे लामो चर्चा गरिएको छ । उनको सानैदेखि गोर्खासँग सम्बन्ध रहेको भनेर उनी सानो छँदा बृटिश गोर्खासँग खिचेको तस्बिर पनि त्यसमा  राखिएको छ । बेलायती राजपरिवारको बेलायती र अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चा हुने गरेका कारण स्वाभाविक रुपमा ह्यारीसँग नेपालका प्रधानमन्त्रीको भेटघाटको प्रसंगले विभिन्न मिडियामा निकै चर्चा पाएको छ ।

लगत्तै फेरि अर्को ट्विट गर्दै ह्यारीले सन् २०१६ मा नेपाल भ्रमण गर्दा ओलीलाई भेटेको तस्बिरका अतिरिक्त उनले नेपालका विभिन्न भूभागमा डुलेका तस्बिरहरुपनि राखिएका थिए ।

सो भेटघाटपछि बेलायती राजपरिवारको ट्विटर ह्याण्डलमार्फत् राजकुमार ह्यारी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच केन्सीङटन प्यालेसमा भेट भएको भन्दै तस्बिर राखिएको थियो ।

सो ट्विटमा भनिएको छ, “राजकुमारले यसअघि सन् २०१६मा नेपालको पहिलो औपचारिक भ्रमण गर्दा केपी शर्मा ओलीलाई भेट्नु भएको थियो । त्यो बेलामा उहाँले भूकम्पबाट प्रभावित समुदायका मानिसलाई पनि भेट्नुभएको थियो । त्यो यात्राको अन्त्यमा उहाँले रुबिकन स्वयंसेवीसँग संलग्न भएर दुर्गम स्थानको गाउँ बनाउन मद्धत गर्नुभएको थियो ।”

बेलायतका राजकुमार ह्यारी नेपाल र नेपालीसँग परिचित अनुहार हुन् । उनले बृटिश गोर्खासँग खिचेका तस्बिरपनि यसअघि चर्चित हुने गरेका थिए । सन् २०१६ मा नेपाल आएको बेलामा आफ्नो औपचारिक भ्रमण कार्यक्रम सकिएपछि पनि उनी थप समय नेपाल बसेका थिए । सामान्यतया यस्तो गरिँदैन ।

कतिपयले नेपालका प्रधानमन्त्रीले भेटेको कोठाको एउटा टेबुलमा ह्यारी र उनकी पत्नी मेघन मर्केलको तस्बिरमा उनीहरुले कस्तो कपडा लगाएको देखिन्छ  भन्नेसम्मको व्याख्या गर्न भ्याएका छन् ।

बेलायती राजदरबारको द रोयल फेमिली ट्विटर ह्याण्डलबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटको कुरा गरिएकोमा त्यसमा प्रतिक्रिया जनाउनेले चाहिँ  केपी भनेर केन्सीङटन प्यालेसको चर्चा समेत गरेको पाइएको छ ।

अहिले फेरि नेपालका प्रधानमन्त्री केपीसँग ह्यारी ‘केपी’ अर्थात केन्सीङटन प्यालेसमा देखिएपछि ट्विटरमा धेरैले सो विषयमा चासो दिएको पाइएको छ ।  राजकुमार ह्यारीको तर्फबाट उनको सचिवालयले राखेको इन्स्ट्राग्राम सन्देशमा बेलायतकी बडामहारानीका तर्फबाट मंगलबार प्रधानमन्त्री ओलीसँग उनले भेटेको समेत जनाइएको छ । त्यसमा १९ वर्षमा नेपाली प्रधानमन्त्रीको पहिलो बेलायत भ्रमण भएको समेत जनाइएको छ ।

सो प्यालेस तीनसय वर्ष पुरानो हो । धेरैअघि रानी भिक्टोरिया सो प्यालेसमा बस्ने गरेकोमा अहिले बेलायती राजपरिवारको युवा पुस्ता बस्ने बताइएको छ ।  तर, ह्यारी र उनका दाजु राजकुमार विलियमबीच केही खटपट भएर गएको अप्रिल महिनादेखि उनी फ्रगमोर कटेजमा बस्न थालेको बेलायती मिडियामा यसअघि चर्चा भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -