गोरखा, २८ जेठ २०७६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले स्थानीय तहदेखि केन्ऽसम्म भ्रष्टाचार बढेको बताएका छन् ।
हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापना, संघीयता बारे जनमत संग्रह, भ्रष्टाचारको अन्त्य, मुल्य वृद्धि नियन्त्रण, राष्ट्रिय अखण्डताको रक्षा लगायतका माग गर्दै राप्रपाले यसअघि पहिलो चरणको स्वाभिमान यात्रा सम्पन्न गरिसकेको छ ।
दोस्रो चरणको स्वाभिमान यात्राका क्रममा सोमबार गोरखा आइपुगेका थापाले सदरमुकामको बसपार्कमा भएको आमसभामा बोल्दै भ्रष्टाचारमा राष्ट्रिय सहमति भएको आरोप लगाएका छन् ।
‘अनेकौं बहानामा भ्रष्टाचार भइरहेको छ,’ उनले भने, ‘यस्तो नाङ्गो ब्रम्हलुट अहिलेसम्मको इतिहासमा भएको थिएन ।’
सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलको मिलेमतोमा भ्रष्टाचार भइरहेको आरोप लगाउदै थापाले भ्रष्टाचारीलाई कुनै कारबाही नभएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
अनुसन्धान प्रक्रिया अघि बढेपनि शीर्ष नेतृत्वकै संरक्षणमा भ्रष्टाचारीलाई कारबाही नभएको उनले जिकिर गरे । अध्यक्ष थापाले भने, ‘कारवाही गर्ने नियकामा आˆना पार्टी निकट कर्मचारी भर्ती गर्छन् अनि कस्ले भ्रष्टाचारीलाई कारबाही गर्नु पर्दैन ?
‘सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर वाइडबडी खरिद प्रकरणमा अर्बाै रकम भष्ट्राचार गरे, ऐनसेल कर छली प्रकरणमा पनि अर्बाै खाए, कमिसनकै खेलमा बालुवाटारका जग्गा व्यक्तिको नाममा पास गरे, तर कसलाई के कारवाही भयो खै ?’ थापाले प्रश्न गरे ।
पहिलो चरणको राष्ट्रिय स्वाभिमान यात्रा ताप्लेजुङ्गबाट शुरु भएर ३६ जिल्ला पार गरी संघिय राजधानी काठमाण्डौंमा समापन गरीएको थियो ।
यात्रामा मुस्ताङको मुक्तिनाथ देखी गोरखा बजार सम्म आई पुग्दा बिच बाटोमा पर्ने पवित्र नदिहरुको पानी १०८ घडामा ल्याएर थापा आफैले गोरखाकाली र गोरखनाथलाई चढाइएका थिए ।