काठमाडौँ, २७ जेठ २०७६ । सगरमाथाको चुचुरोमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको लोगो अंकित झण्डा फहराएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरसंग आबद्ध लोप्सङ्ग रेमिटान्सका संस्थापक, हटिया–३, संखुवासभा निवासी २६ बर्षीय जेनजेन लामाले जेठ ३ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् ।

सिटी एक्सप्रेसको मुख्य कार्यालयमा एक समारोहबीच सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही जेनजेन लामालाई सम्मान÷बधाई सहित शुभकामना दिनु भएको थियो ।

सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराई विश्व सामु चिनाएका छन् ।

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्