- ADVERTISEMENT -
- ADVERTISEMENT -

आजदेखि स्थानीय तहको भूमिकासम्बन्धी सम्मेलन

June 10, 2019
731
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, २७ जेठ २०७६ । विपद् व्यवस्थापन, पुनर्निर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरूको भूमिकासम्बन्धी दक्षिण एसियाली सम्मेलन सोमबारबाट काठमाडौँमा सुरु हुने भएको छ ।

सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि र त्यसको दीगोपनासम्बन्धी विशेष प्रस्तुति दिने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ । सम्मेलनमा विज्ञहरु, गाउँपालिका र नगरपालिका प्रमुखहरूको पनि प्रस्तुति रहने छ ।

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधि र विज्ञहरुको सहभागिता रहनेछ । यस्तै, चीनका प्रतिनिधि पनि सहभागी हुनेछन् ।

गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी अधिकृत बिमल पोख्रेलले स्थानीय तहसँगको सहकार्यमा नेपालमा निजी आवास पुनर्निर्माणले फड्को मारेको र नेपालले प्राप्त गरेका उपलब्धिहरू तथा अनुभवबाट अन्तर्राष्ट्रिय समुदायले समेत सिक्न सकून् भनेर सम्मेलनको आयोजना गरेको जानकारी दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विपद्, पुनर्निर्माणलगायतका विषयमा तुलनात्मक रुपमा अनुभव आदान–प्रदान गर्न र भावी रणनीति बनाउन सहयोग पु¥याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

दुई दिने सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजना रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -