सुनसरी, २६ जेठ  २०७६ । पत्रकारको नाकको डाँडी भाँच्ने धम्की दिएर विवादमा आएका इटहरीको मेयर द्वारिकालाल चौधरीले प्रेस जगतलाई परेको चोटप्रति दुःख व्यक्त गर्दै आफ्नो व्यक्त विचार फिर्ता लिएको घोषणा गरेका छन् ।

धम्की प्रकरणपछि तिव्र विवादमा आएपछि आइतबार विज्ञप्ति जारी गर्दै चौधरीले भनेका छन्, ‘प्रेस जगतलाई आघात पर्न गएको हद सम्म ब्यक्त विचार फिर्ता लिन चाहन्छु ।’

मेयर चौधरीले आफू लामो राजनीतिक यात्रा पार गरेर आएको भन्दै आफू उदण्ड होइन अनुशासित नेता भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘ म लामो राजनीतिक यात्रा पार गरेर आएको ब्यक्ति हुँ । २४ बर्षको उमेरमै तत्कालिन हाँसपोसा गाविसको अध्यक्ष भएर दुईकार्यकाल परीक्षण भइसकेको जनप्रतिनिधि पनि हुँ । अहिले इटहरीउपमहानगरको नेतृत्व गर्ने जनअभिमत प्राप्त ब्यक्ति हुँ । म उद्धण्ड हुदै होइन,म अनुशासित ब्यक्ति हुँ ।’

मेयर चौधरीले पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्ने सार्वजनिक चेतावनी दिएका थिए । उनले न्यूज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रममा समेत पत्रकारलाई लखेट्ने धम्की दिएका थिए । उनले विज्ञप्तिमा प्रेस जगतलाई आघात पार्ने आफ्नो कुनै लक्ष्य नभएको प्रष्ट पारेका छन् ।

उनले भनेका छन्,‘ तर गते इटहरीका एक जना पत्रकारले फेसवुक कम्मेन्टको विषयलाई लिएर मलाई आक्रोसपूर्ण फोन गरेपछि भएका संवादका क्रमहरुमा आवेगजन्य परिस्थितिका कारण मैले ब्यक्त भनाइहरुवाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोट प्रति दु:ख ब्यक्त गदै प्रेस जगतलाई आघात पर्न गएको हद सम्म ब्यक्त विचार फिर्ता लिन चाहन्छु ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्