गोर्खा, २६ जेठ २०७६ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आईतबार निर्माणाधिन गोरखा दरबारको अवलोकन गर्नु भएको छ ।

नेपाली काँग्रेस गोरखा नगरपालिकाको भेलालाई संबोधन गर्न शनिबार नै गोरखा आई पुगेको देउवाले आईतबार बिहानै गोरखा दरर्बार अबलोकन गर्दै ‘ यो ऐतिहासिक दरर्बार हो । नेपाल एकिकरणमा महत्वपुर्ण भूमिका खेलेको यो दरर्बार तत्कालै पुनःनिर्माण गर्न आफुले आवाज उठाउने’ देउवाले बताउनु भएको हो ।

दरबार अबलोकनपछि दरबार परिषरमा नै बोल्दै काम सन्तोषजनक नभएकोले संघिय राजधानी पुगेर यसको कुरा उठाउने बताउनु भयो । गोरखा समाचार

देवी दर्शनसंगै केही माग्नु भएन भन्ने प्रश्नमा भने देउवाले ब्यक्तिगत रुपमा केही नमागेको बताउनु भयो ।

देउवालाई गोरखा दरर्बार हेरचाह अडाका सूचना अधिकारी रामेश्वर कट्टेल र गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले समस्याको बारेमा जानाकारी गराउनु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्