चितवन, २४ जेठ २०७६ । पृथ्वी राजमार्गको सवारी आवागमन अवरुद्ध भएको छ ।

बिहान करिब ३ः३० बजे खसेको पहिरोले सडक पुरिएपछि दुवैतर्फ सवारी रोकिएको चितवन प्रहरीले जनाएको छ । लामो समयदेखि सवारी रोकिएकाले अहिले राजमार्गमा सवारीको लामो लाइन बनेको छ ।

राजमार्गको मुग्लिन–नौबीसे सडक खण्डमा पर्ने मौवाखोलामा पहिरो खसेपछि शुक्रबार बिहानैदेखि राजमार्गको सवारी आवागमन प्रभावित भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ । ठूलो पहिरो खसेकाले सडक पूर्ववत सञ्चालनमा आउन समय लाग्ने प्रहरी भनाइ छ ।

पृथ्वी राजमार्ग खासगरी नारायणगढ–मुग्लिन सडक खण्डमा चल्ने सवारीका लागि पहिरो टाउको दुखाइको विषय बन्दै आइरहेको छ ।  यो राजमार्गका विभिन्न सडक खण्डको स्तरोन्नति गरिएपछि पहिरोको समस्या हट्ने अनुमान थियो ।

सामान्य वर्षा हुँदासमेत पहिरो खस्ने पुरानो रोग पुनः दोहोरिन थालेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्