धनगढी । बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्याएको छ ।
साँझसम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।
हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ । सुरक्षाकर्मीहरु उद्धारमा जुटेका छन् ।
हावाहरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिए ।