अष्ट्रेलिया, २२ जेठ २०७६ । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा सन् २०१५ पछि पहिलोपटक बाक्लो हिमपात परेपछि जनजीवन प्रभावित भएको छ ।
साउथ वेल्सका तटीय क्षेत्रमा ९० किलोमिटर प्रतिघण्टाको हावाहुरी चलेको मौसम विभागको भनाई छ । त्यस्तै सिड्नी हार्बरमा चल्ने डुंगा सञ्चानमा रोक लगाईएको छ । अष्ट्रेलियामा यसबर्ष हालसम्मकै उच्च तापक्रम मापन गरिएको थियो भने जाडोयामको सुरुवातमै तापक्रम एक्कासी घटेको छ ।
हिमपातका कारण मौसम खराब हुँदा पूर्वी तटीय क्षेत्र बढी प्रभावित बनेको त्यहाँको मौसम विभागले जनाएको छ । भिषण बर्षासँगै हावाहुरी चलेको र तापक्रम समेत न्यून भएपछि स्थानीय प्रशासनले सर्वसाधारणलाई घरबाहिर ननिस्किन आग्रह गरेको छ ।
मौसम खराबीका कारण यसै बर्ष अष्ट्रेलियाले बाढी, भोकमरी, आगलागि जस्ता समस्या समेत भोगेको छ । जलवायू परिवर्तनको असर अष्ट्रेलियामा यसअघि दशकहरुमा भन्दा अहिले अत्यधिक देखिएको हो ।