- ADVERTISEMENT -

आज बिश्व बाताबरण दिबस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै

June 5, 2019
1107
Shares
- ADVERTISEMENT -

काठमाडौं , २२ जेठ २०७६ । “स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नाराका साथ विश्व वातावरण दिवस बुधबार मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् ।

संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

विश्व वातावरण दिवसको अवसरमा एक भिडियो सन्देश दिँदै उनले सो कुरा बताएका हुन् । ठूलो शहर देखि सानो वस्ती सम्मपनि प्रदूषण बढेको उनले उल्लेख गरेका छन् । मानिसहरुले स्वासप्रश्वासमा फोहोर वायु प्रयोग भइरहेको तथा  त्यसले मानिसको आयु समेत घटाइरहेको जनाएका छन् । विश्व बैंकका अनुसार वर्षेनी वायु प्रदूषणको मूल्य ५ ट्रिलियन डलर सम्म परिरहेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्सले वायु प्रदूषणका कारण विश्वभरीमा वर्षेनी ७० लाख मानिसको मृत्यु भइरहेको जनाएका छन् ।

यसले बालबालिकाको विकासमा अप्ठेरो भइरहेको र अर्थतन्त्रलाई क्षति गरिरहेको तथा विश्वव्यापी रुपमा मौसमको आपतकालको अवस्था ल्याएको जनाएका छन् ।

त्यसबाट बच्न कोल फायर्ड पावर प्लान्ट विस्थापित गर्नुपर्ने,  कम प्रदूषण निम्त्याउने उद्योगको प्रवर्द्धन, पुनर्नवीकरणीय उर्जाको प्रयोग जस्ता कुरामा ध्यान दिनुपर्ने उनले जनाएका छन् । उनले ग्रे इकोनोमी होइन गृन इकोनोमीतर्फ विश्व अघि बढ्नुपर्ने कुरामा पनि सबैको ध्यानाकर्षण गराएका छन् ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -