काठमाडौँ, २१ जेठ २०७६ । मंगलबार गृह मन्त्रालयले १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेका छन् ।

यसैक्रकमा, गोरखाका गजेन्द्र बहादु श्रेष्ठको कपिलवस्तु सरुवा गरिएको छ भने, देवेन्द्र लामिछानेलाई गोरखाको का.मु. सीडीओको रुपमा जिम्मेवारी दिएका छन् ।

उक्त मन्त्रालयले अर्जुन प्रसाद पोखरेललाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा र रुपन्देहीका उदय बहादुर रानामगरलाई जिल्ला प्रशासन काभ्रे सरुवा गरेका छन् ।

सो मन्त्रालयले सह-सचिव र उप-सचिव समेत गरी कुल २६ जना कर्मचारीको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।

८ जना उप-सचिवलाई कामु प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको छ भने, रुद्र प्रसाद पण्डित तनहुँ, गोपाल कुमार अधिकारी सिराह, टेक नारायण पौडेल डोटी, शम्भु प्रसाद मरासिनी नवलपरासी बर्दघाट सुस्ता पीश्चम सरुवा गरेका छन्।

तथ्याङकसहित हेर्नुहोस् :

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्