मस्को, बिबिसी, १९ जेठ २०७६ । रुसको शहर जसिंकको एक बम बनाउने कारखानामा भएको विस्फोटमा कम्तिमा ३८ जना घाइते भएका छन् ।

कारखानाका अधिकारीहरुका अनुसार विस्फोटको समयमा ५ जना मानिस भित्र रहेकोमा उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो । आपतकालीन मन्त्रालयका प्रवक्ताले ३८ मध्ये ४ जनाको हालत नाजुक भएको जनाएको बीबीसीले जनाएको छ ।

इन्टसफ्याक्स न्यूज एजेन्सीले सूत्रलाई उद्धृत गर्दै जनाए अनुसार सो कारखानामा शक्तिशाली बम बनाइनुका साथै स्टोर पनि गरिन्थ्यो । अहिले उक्त जेएससी क्रिस्टल रिसर्च इन्स्टिच्युट पुरै नस्ट भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्