एजेन्सी, १९ जेठ २०७६ । विगतको तुलनामा अहिले अत्याधिक सङ्ख्यामा चिनियाँहरु विदेश गइरहेका छन् । कोही भ्रमणका लागि त कोही पढाइ पूरा गर्न वा व्यवसायिक कारणले पनि चिनियाँहरु विदेश पुगिरहेका छन् ।
यस्तोमा चीन छाड्ने नागरिकहरुको सङ्ख्या २००७ भन्दा तीन गुनाले वृद्धि भएको द इकोनोमिस्टले जनाएको छ ।
त्यसैगरी चिनियाँ विद्यार्थीहरु पनि धेरै ठूलो सङ्ख्यामा विदेश गइरहेको पाइन्छ । तरपनि अधिकांश विद्यार्थीहरु शिक्षा पूरा गरेर घरै फर्कन थालेको हालै गरिएको सर्वेक्षणले देखाएको हो । सामान्य अवस्थामा शिक्षा पूरा गर्न विदेश गएका विद्यार्थीहरु त्यहीँ काम गर्न रुचाउने गरेको पाइन्छ । तर चीनमा विदेशिएका विद्यार्थी स्वदेश फर्कनुका पछाडि ऐतिहासिक घटना पनि जोडिएको छ ।
यसमा पनि सयौँ करोड पर्यटकहरु पश्चिमी देशको भ्रमण गरिरहेका छन् । पश्चिममा रोजगारीको अवसरले पनि धेरैलाई आकर्षित गर्ने गरेको बताइन्छ । जस्तै इटलीको प्रमुख फ्याशन उद्योग प्राटो शहरलाई चिनियाँ उद्योग र कामदारको घर मानिन्छ । त्यस्तै अफ्रिकामा पनि चिनियाँ उद्योग तिव्र गतिमा फस्टाइरहेको छ । २०१० देखि १५ सम्ममा त्यहाँ चिनियाँ लगानी तीन गुनाले वृद्धि भएको हो ।
किनकि पछिल्लो समय देखिएको यो ट्रेन्ड पहिलोपटकको होइन । वास्तवमा रिपब्लिक अफ चाइनाका संस्थापक तथा पिता मानिने सन यात सेनले सन् १९११ मा शाही शासनविरुद्ध क्रान्तिका लागि उत्रिएको बेला उनले अमेरिकामा शिक्षा लिएको खुलासा भएको थियो । त्यो समय उनलाई ‘अमेरिकन चाइना म्यान’ अर्थात अमेरिकाका चिनियाँ भनि व्याख्या गरिएको थियो ।








































