- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कांग्रेस संसदीय दलको नेता बनिन् सोनिया

June 1, 2019
960
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एजेन्सी, १८ जेठ २०७६ । शनिबार बसेको बैठकले सोनियालाई संसदीय नेत्रीको रुपमा चयन गरेको छ । भारतीय नेसनल काँग्रेसले आफ्नो संसदीय दलको नेत्रीको रुपमा सोनिया गान्धीलाई चुनेको हो ।

भाजपाले भने ३ सय ३ सिटमा जित हात पारेको थियो। भाजपाले बहुमत प्राप्तगर्दा गठबन्धसँग दुई तिहाइ मत पाएको थियो ।

- ADVERTISEMENT -

Advertisement

त्यस क्रममा काँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीविरुद्ध कडा प्रतिक्रिया जनाए ।

उनले आफूहरु ५२ सांसद भारतीय जनता पार्टीको लागि काफी भएको बताए। हालै सम्पन्न लोकसभा निर्वाचनमा काँग्रेस ५२ सिटमा सीमित भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

चुनावपछि भाजपाका नेताहरुले ५२ सिटमा खुम्चिएकोभन्दै काँग्रेसको आलोचना गरेको थियो। त्यसको प्रतिक्रिया स्वरुप राहुल गान्धीले पहिलो अभिव्यक्ति दिएका हुन् ।

सो क्रममा उनले आफ्नो पार्टीलाई भोट गर्ने सबै मतदातालाई धन्यवाद दिएका थिए ।

काँग्रेसले भने विपक्षी दलको हैसियत पनि पाएन। ५५ सिट ल्याएको भए काँगे्रसले विपक्षीको हैसियत प्राप्त गर्ने थियो ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com