- ADVERTISEMENT -

अमेरिकाको भर्जिनिया गोलीकाण्ड : १२ को मृत्यु, ६ घाइते

June 1, 2019
1409
Shares
- ADVERTISEMENT -

बिबिसी, ८ जेठ २०७६ । संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा भएको गोलीकाण्डमा कम्तीमा १२ को मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख जेम्स सेर्भेराले बन्दुकधारीले प्रहरीमाथि पनि गोली चलाएपछि जवाफी प्रहारमा आक्रमणकारी मारिएको बताए । बन्दुकधारीले एक्लै घटना गराएको प्रहरीको विश्वास छ ।

- ADVERTISEMENT -

Advertisement

त्यहाँको प्रहरीका अनुसार सन्दिग्ध व्यक्ति भर्जिनिया बिच सिटीकै कर्मचारी हुन् । उनले सरकारी भवनमा ‘अन्धाधुन्ध’ गोली चलाउन थालेको बीबीसीले उल्लेख गरेको छ ।

सन्दिग्ध व्यक्तिको पहिचान खुलाइएको छैन । घटनामा एक प्रहरी पनि घाइते भएका छन् ।

 घटनाको यथार्थ

भर्जिनिया बिच म्युनिसिपल सेन्टरमा स्थानीय समयअनुसार शुक्रबार ४ बजेपछि गोली चलेको विवरण आउन थाले । घटना भएको क्षेत्रमा कैयौँ सरकारी भवन छन् । घटनाबारे प्रकाशमा आएपछि प्रहरीले घेरा हाली कर्मचारीहरूलाई निकालेका थिए ।

गोलीकाण्ड भएको भवनमा काम गर्ने एकजना सहायक प्रशासक मेगन बान्टनले स्थानीय एक टेलिभिजनलाई भने, “हामीले मान्छेहरू चिच्याउँदै, कराउँदै तल झर्न भनिरहेको सुन्यौँ ।”

सबै मृतकको पहिचान सार्वजनिक गरिएन

अधिकारीहरूले मारिएका ११ जनाको पहिचान अहिलेसम्म सार्वजनिक गरेका छैनन् । कम्तीमा ६ जना घाइते भएको थाहा हुन आएको छ र त्यसमा एक प्रहरी अधिकारी पनि छन् ।

घाइते प्रहरीको कपडामा एउटा गोली अड्किन पुगेकाले उनी बाँच्न सफल भएको प्रहरी प्रमुख सेर्भेराको भनाइ छ ।

 

 

 

भर्जिनिया बिच सिटी भर्जिनिया राज्यको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो। त्यहाँको जनसङ्ख्या ४ लाख ४० हजार छ ।

 

ह्वाइट हाउसका एक प्रवक्ताका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराइएको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार घटनास्थलमा सङ्घीय अनुसन्धान निकाय एफबीआईका अधिकारीहरूले स्थानीय अधिकारीहरूलाई सघाइरहेको देखिएको थियो ।

 

घटनाबारे प्रतिक्रिया के छ ?

 

भर्जिनियाका सिनेटर टिम केनले घटनाबाट आफू मर्माहत भएको भन्दै ट्विटरमा लेखेका छन् । उनले भनेका छन्, “मृतकका परिवारप्रति मेरो समवेदना छ र घटनामा घाइते भएकाहरूको म शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ।”

 

 

 

भर्जिनियाका गभर्नर राल्फ नोर्थमले भर्जिनिया सिटी र राज्यकै लागि एउटा “दुखद दिन” भएको प्रतिक्रिया दिएका छन् ।

नगरप्रमुख रोबर्ट डायरले भनेका छन्, “यो भर्जिनिया बिचको इतिहासमा सबैभन्दा धेरै स्तब्ध तुल्याउने दिन हो ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -