Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५६:२५ बिहान
- ADVERTISEMENT -

भारतीय भक्तजनको मनकामना मन्दिरमा भीड

प्रकाशित मिति: २०७६ जेठ १७, शुक्रबार

770
Shares

चितवन, १७ जेठ २०७६ । गोर्खाको मनकामना मन्दिरमा यतिबेला दर्शन गर्नेहरु आधाभन्दा बढी भारतीय भक्तजन हुन थालेका छन् ।

मन्दिरमा दर्शन गर्न दैनिक ६र७ हजार हाराहारी भक्तजन आउने गरेको सापकोटाले बताउनुभयो । “हिजो दिनभर मन्दिर परिसरमा नेपालीभन्दा भारतीय अनुहार बढी देखिन्थे ।” बुधबार साँझ ७ बजेसम्म भक्तजनले लाममा बसेर दर्शन गरेको सापकोटाको भनाइ थियो । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका धार्मिक पर्यटकीय क्षेत्र अवलोकन गरेसँगै भारतीय पर्यटक बढेको सापकोटाको विश्लेषण छ, उहाँले भन्नुभयो ।

भारतमा चर्को गर्मी छल्न घुम्न आउने पर्यटकहरु बढेसँगै मनकामना मन्दिर भारतीय पर्यटकले भरिएको हो । मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक गिरिधारी सापकोटाका अनुसार यो महीना शुरु भए यता मनकामना आउनेमा आधाभन्दा बढी भारतीय भक्तजन आउन थालेका हुन ।

मन्दिरका मूल पुजारी इन्सानबहादुर थापामगर यतिबेला भारतीय भक्तजन निकै बढेको बताउनुहुन्छ । मन्दिरमा आउने आधाभन्दा बढीले बाहिरैबाट पूजा गर्ने बताउँदै उहाँले भारतीय भक्तजनले लामो समय पालो कुरेर पूजाआजा गर्ने गरेको जानकारी दिनुभयो । मनकामना माताको शक्ति र महत्व भारतीय क्षेत्रमा प्रचार हुँदै गएपछि नेपाल आउने पर्यटकले मनकामना मन्दिर नछुटाउने इच्छा व्यक्त गर्ने गरेको बताइएको छ ।

मनकामना मन्दिर दर्शन गर्न धेरै केबुलकार चढेर जाने गर्छन् । केही सडकको बाटो हुँदै पनि जाने गर्दछन् । चितवनको कुरिनटारबाट गोर्खाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिरसम्म केबुलकार सञ्चालनमा रहेको छ । मनकामना दर्शन प्रालिले केबुलकार सञ्चालन गरेको हो । प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थका अनुसार बुधबार तीन हजार ८०० भक्तजनले केबुलकारको यात्रा गरेकामा दुई हजार भारतीय रहेका थिए ।

धेरै भारतीय तीर्थयात्री ठूला बसमा खाना पकाउने व्यक्ति र भाँडासहित आउने गर्दछन् । केबुलकारको चितवनतर्फको स्टेशन रहेको क्षेत्रमा खाना पकाउन र खानका लागि ठाउँसमेत व्यवस्था मिलाइएको छ । न्यूनतम शुल्कमा पानी, बिजुली, शौचालयसहितको सुविधा सम्पन्न ठाउँको व्यवस्था गरिएको छ । जाडो र वर्षातको समयमा भने भारतीय कम आउने गरेको देखिएको छ ।

गर्मी महीनामा भारतीय आउने क्रम बढ्दो रहेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा एक लाख ८१ हजार भारतीय तीर्थयात्री केबुलकार चढेर मन्दिर पुगेका थिए । अघिल्लो वर्ष सो सङ्ख्या एक लाख १४ हजार रहेको थियो । कायस्थले यस वर्ष भारतीय भक्तजनको सङ्ख्या दुई लाख पुग्ने बताउनुभयो । चालू आवको हालसम्म एक लाख ६५ हजार भारतीय भक्तजनले केबुलकार चढेर मनकामना पुगि सकेका छन् ।

यस वर्ष केबुलकार चढ्ने कूल सङ्ख्या १० लाख पुगेको छ । केबुलकार चढ्दा भारतीय पर्यटकले दुईतर्फीको रु ८०० तिर्नु पर्दछ । नेपालीका लागि रु ६४० छ भने सार्कका लागि १० डलर र बाह्य देशका लागि २० डलर लिने गरिएको छ । भारतीय सङ्ख्या धेरै भए पनि अन्य देशको भने एक प्रतिशत हाराहारी मात्र रहेको कायस्थले जानकारी दिनुभयो ।

सवारी साधन लिएर नेपाल घुम्न आउने भारतीय पर्यटकका लागि मुख्य पर्यटकीय गन्तव्यको बाटोमा पर्ने भएकाले पनि भारतीय पर्यटक बढी आउने गरेको कायस्थ बताउँनुहुन्छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -