२०८३ जेठ ५, मंगलबार
४:११:०२ बिहान
- ADVERTISEMENT -

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

प्रकाशित मिति: २०७६ जेठ १७, शुक्रबार

1287
Shares

काठमाडौं, १७ जेठ २०७६ । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच केहीबेरअघि भारतीय प्रधानमन्त्री कार्यालय, हैदरावादमा द्विपक्षीय भेटवार्ता भएको हो ।

ओलीसँगको भेटवार्ताअघि भारतका प्रधानमन्त्री मोदीले बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, मौरिससका प्रधानमन्त्री प्रभिन्दकुमार जुग्नाउथसँग भेटवार्ता गरेका थिए ।

नेपालका प्रधानमन्त्री ओलीसँगको भेटघाटपछि मोदीले भुटानका प्रधानमन्त्री लोटे छिरिङसँग भेट गर्ने कार्यक्रम रहेको छ । भारतको विदेश मन्त्रालयले सबैसँगको भेटघाटको समयसीमा २० मिनेटका दरले कायम गरेको पाइएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्विटरमार्फत् भारत र नेपालका प्रधानमन्त्रीबीच भएको भेटघाटको तस्बिर सार्वजनिक गरेका छन् । उनले लेखेका छन् । रवीशले लेखेका छन्, “दुवै देशका प्रधानमन्त्रीले आपसी सम्बन्धलाई अझ गहिराइमा लैजाने र सुमधुर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।” खासगरी जनस्तरको सम्बन्धमा उनीहरुले जोड दिएको बताइएको छ । प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्षको माला उपहार दिएका थिए ।

बिहीबारको शपथग्रहण समारोहमा प्रधानमन्त्री मोदी, मन्त्री र राज्यमन्त्रीसहित ५८ जनाले शपथ लिएका थिए । उनीहरुको कार्यविभागन भने गरिएको छैन । मोदी आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण अन्तर्गत संघाइ को–अपरेसन अर्गनाइजेसनको सम्मेलनमा भाग लिन दुई साताभित्रै किर्गिस्तान जाँदैछन् । सो संगठनको सम्मेलन जुन १३ र १४ मा हुँदैछ ।

प्रधानमन्त्री ओली आजै अपरान्ह स्वदेश फर्किदै छन् । उनी भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली गएका थिए ।

बिहीबार साँझ भारतीय राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीसहित बिमस्टेक राष्ट्रका राष्ट्र वा सरकार प्रमुख, किर्गिस्तानका राष्ट्रपति र मौरिससका प्रधानमन्त्री समेतका विदेशी अतिथी सामेल थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -