काठमाडौं, १७ जेठ २०७६ । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ताहुने भएको छ ।

ओली र मोदीबीच बिहान साढे ११ बजे भेटवार्ता हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल हुने जनाइएको छ ।

दोस्रो कार्यकालका लागि मोदीले बहुमतसहित सरकार निर्माण गरेकाले नेपालसँग यसअघि भएको सम्झौता कार्यान्वयनका विषयमा कुराकानी हुने छ। यसअघि नेपालसँग भएका सम्झौता कार्यान्वयन हुन नसकेका एजेन्डाहरुमा छलफल गरि कामलाई गति दिने प्रधानमन्त्री ओलीको सोच रहेको छ ।

प्रधानमन्त्रीको रुपमा मोदीको दोश्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन ओली हिजो दिल्ली पुगेका थिए।ओली हिँजो बेलुकी भारतीय राष्ट्रपतिले सरकार प्रमुखहरुका लागि आयोजना गरेको रात्रि भोजमा सहभागी भएका थिए। मोदीसँगको भेटवार्तापछि प्रधानमन्त्री ओली आजै स्वदेश फर्कनेछन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्