- ADVERTISEMENT -

“प्रकाश कँडेल देशद्रोही हो , घुँडा टेकेर माफी माग्नु पर्छ” : कुञ्जना

May 30, 2019
1215
Shares
- ADVERTISEMENT -

चितवन, १६ जेठ २०७६ । चितवनमा निर्माणधिन अवस्थामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलको बारमा डोजर लगाईएपछि यस घटनाको चौतर्फी आलोचना भईरहेको छ । घटनाको व्यापक आलोचनपछि संलग्नहरु प्रक्राउ परिसकेका छन् । घर परिवार , भोक केही नभई देशका लागि रंगशाला निर्मााण् गर्न लाग्दा भएको अवरोधपछि सिताराम कट्टेल धुर्मुसले मन मात्र दुखाएनन् आँसु नै खसाले ।

बार भत्किएको देखेका उनले जीवनमै यो भन्दा कारुणिक दृश्य नदेखेको भन्दै रोए । घटनापछि कुञ्जना घिमिरे पनि चितवन आईपुगेकीछिन् । उनले रंगशालाको बार भत्काएपछि आक्रोसित हुँदै संलग्न सबैले माफी माग्दै क्षतिपुर्ती दिनु पर्ने माग गरिन् । उनले डोजर रंगशालाको बारमा नभई बिदेशमा खाडीमा रगत र पसिनामाथि चलेको बताईन् ।

- ADVERTISEMENT -

Advertisement

नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले रंगशालाको बार भत्काईदिएपछि यसको निकै बिरोध भएको छ ।

उक्त घटनाले आफनो मन भत्किएको , मन रोएको बताउँदै उनले स्थानीयले रंगशाला निर्माणको घोषणा गर्दा घडा राखेर स्वागत गरेको तर रंगशालाको बार भत्काउँदा स्थानीय एक जुट नभएको भन्दै उनले गुनासो पोखिन् । उनले धुर्मुससंगै कामदारहरुको पनि ज्यान नै जोखिममा परेको भन्दै उनले भनिन् रंगशालाको काम तब मात्र सुरु हुन्छ जब धुर्मुस सुन्तलीको मात्र होईन रंगशालामा काम गर्ने कामदार , संरचनाको सरोकारवालाहरु र स्थानीयहरुले ध्यानार्कषण गर्दै रंगशाला निर्मााणको लागि सकुशल वातावरण सृजना गर्छन् तब मात्र हामीले यो कामको थालनी गर्नेछौँ ।

यता रंगशालाको बार भत्काउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय नेता प्रकाश कँडेललाई नेकपा चितवनले निलम्बन गरेको छ भने अर्का भैरव बस्ताकोटीलाई पनि दुई महिनाका लागिपार्टी सदस्यबाट निलम्बन गरेको छ । उनले भनिन् “सबै नेपालीहरुको मन भत्काईएको छ ।

रंगशालामा यतिबेला जति पनि संरचनाको काम भईरहेको छ सबै खाडीमा रगत पसिना बगाएर काम गर्ने , आफनो तरकारी खाने खर्च कटाएर दिएको दाजुभाईको पसिनामाथि डोजर लगाईयो” । उनले डोजर लगाउन नेतृत्व गर्ने र बार भत्काउँन संलग्न रहेका सबै स्थानीयहरुले सजाय पाउँनु पर्ने माग गरिन् ।

त्यतीमात्र होईन, ती व्यक्तिहरुबाट क्षतिपुर्ती भराउँनु पर्ने उनले बताईन् । उनले भनिन् “बार भत्काउँनेलाई देश देशद्रोही भन्छु त्यस्ता देश बिरोधीहरुलाई कडा भन्दा कडा सजाय हुनु पर्छ । डोजर लगाउँने मुख्य प्रकाश कँडेलको पृष्ठभुमीको बारेमा नै खोजतलास हुनु पर्छ । अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको छ त्यसले चित्त बुझ्दैन ।

त्यसलाई खुले आम देखाउनु पर्छ । जुत्ताको माला लगाउँनु पर्छ । रकम सहयोग गर्ने सबैसंग घुँडा टेकेर माफी माग्नु पर्छ” ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -