- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

१२ औ गणतन्त्र दिवस भब्य रुपमा मनाइयो

May 29, 2019
1138
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, १५ जेठ २०७६ । बाह्रौ गणतन्त्र दिवस राजधानीको टुँडीखेलमा आज विशेष समारोहको आयोजना गरी भब्य रुपमा समापन भएको छ ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरियो । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले शान्तिका प्रतीक एक–एक जोडी परेवा समेत उडाएका थिए ।

- ADVERTISEMENT -

Advertisement

समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले राष्ट्रभक्ति जगाउने राष्ट्रिय धुन प्रस्तुत गर्नुका साथै नेपालको लोकप्रिय नृत्य मारुनी र कौरा प्रस्तुत गरेका थिए । सो अवसरमा महानगरीय ट्राफिक प्रहरी, महिला प्रहरी, सेना र प्रहरीले ब्याण्ड र कवाज प्रस्तुत गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

सोही समारोहमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका, कीर्तिपुर नगरपालिकाले आआफ्ना स्थानीय कलासंस्कृति, वेशभूषा र पहिचान झल्कने झाँकीहरु प्रस्तुत गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com