बिबिसी, १३ जेठ २०७६ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ राजालाई भेट्ने पहिलो विदेशी राष्ट्रप्रमुख भएका छन् । ट्रम्पले जारी चार दिनको जापान भ्रमणका क्रममा जापानका राजा नारुहितोले राजदरबारमा स्वागत गरेका थिए ।
जापानका राजालाई भेट्न पाउनु आफ्नो लागि ठूलो सम्मानको विषय भएको ट्रम्पले बताएका छन् । बाबु अकिहितोले गद्दीत्याग गरेपछि नारुहितोले यही मे महिनामा गद्दी आरोहण गरेका हुन् ।
राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलाइना ट्रम्पलाई अनर गार्डले सो अवसरमा स्वागत गरेको थियो भने दरबारमा छिर्ने बेलामा ट्रम्प थोरै झुकेका थिए ।








































