२०८३ वैशाख २८, सोमबार
९:१८:३७ बिहान
- ADVERTISEMENT -

गणतन्त्र सङ्ग्रहालय जेठ १५ देखि खुला हुँदै

प्रकाशित मिति: २०७६ जेठ १२, आइतबार

1338
Shares

काठमाडौँ, जेठ १२ गते ।  नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय यही जेठ १५ देखि सर्वसाधारणका लागि खुला हुँदैछ । सङ्ग्रहालयभित्र गणतन्त्रसँग सम्बन्धित तस्बिर, सम्बन्धित सामग्री, लेखरचना आदि सङ्कलनको जिम्मा नेपाल कला परिषद्ले पाएको छ ।

परिषद्ले आफ्नो ७५ प्रतिशत काम पूरा गरिसकेको परिषद्का कार्यकारी सदस्य नरेश सैँजुले जानकारी दिनुभयो । “काठमाडौँका विभिन्न पुराना तथा नयाँ फोटोग्राफरमार्फत नेपालका विभिन्न राजनीतिक घटनाक्रमलगायत विसं २००७ अघिका तस्बीर पनि सङ्कलन गरिसक्यौँ”, उहाँले भन्नुभयो ।

पहिले नारायणहिटी सङ्ग्रहालयभित्र पूर्व राजाहरूको जीवनशैली, खानपान, उनीहरूले प्रयोग गरेका लत्ताकपडा आदि मात्र हेर्न पाइन्थ्यो । सङ्ग्रहालय स्थापना भइसकेपछि नेपालमा प्रजातन्त्रको प्राप्ति कसरी भयो, राजतन्त्रको अन्त्य कसरी भयो भन्ने जानकारी पछिका पुस्ताले समेत अवलोकन गर्न पाउने परिषद्का सदस्यसचिव जीवन राजोपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्ग्रहालयमा यतिवटा नै तस्बीर र सामग्री राख्ने भन्ने टुङ्गो लागेको छैन ।” परिषद्ले तस्बीर सङ्कलनको काम पूरा गरिसकेको उहाँले जानकारी दिनुभयो ।

सङ्ग्रहालयले गणतन्त्रसम्बन्धी जानकारी दिने मात्र नभई विभिन्न अध्ययन अनुसन्धान गर्ने व्यक्तिलाई समेत सहयोगी भूमिका खेल्नसक्ने परिषद्का अध्यक्ष तथा संस्कृतिविद् सत्यमोहन जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो नेपाली इतिहासलाई बचाइराख्ने एउटा महत्वपूर्ण पाइला हो ।” गणतन्त्रको प्राप्तिका लागि कतिकोे ज्यान गयो, कति अङ्गभङ्ग भए, कति बेपत्ता भए र कति हराए भन्ने विवरणसमेत सङ्ग्रहालयमा राख्दा पछिसम्मका पुस्ताले त्यसबारे जानकारी पाउने उहाँले बताउनुभयो ।

यसले राष्ट्रको इज्जत र गरिमा बढाउने जोशीले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार शुरुआतमा थोरै मात्र सङ्ग्रहालयमा राखिए पनि पछि विस्तार हुँदै जानेछ । सरकारले भवन पहिले नै बनाइसके पनि सङ्ग्रहालय ढिलो मात्र सञ्चालनमा ल्याउन लागेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।

नेपाल सरकारको रु ४२ करोडको लगानीमा बन्न लागेको उक्त सङ्ग्रहालय सजाउने जिम्मेवारी वैशाख ८ गते परिषद्लाई दिइएको थियो । सङ्ग्रहालयलाई सजाउने जिम्मेवारी पाइसकेपछि परिषद्ले आफूसँग भएको ऐतिहासिक तस्बीर उपलब्ध गराउन सर्वसाधारणका लागि विज्ञापन गरेको थियो । कतिपय तस्बीर विज्ञापनमार्फत परिषद्मा आएका थिए भने कतिपय तस्बीर परिषद्ले व्यक्तिगत सम्पर्कका आधारमा सङ्कलन गरेको थियो ।

सङ्ग्रहालयमा जनआन्दोलनका क्रममा बेपत्ता बनाइएका, हराएका, अङ्गभङ्ग भएका र मृत्यु भएकालाई झल्काउने स्मारकसमेत निर्माण भइसकेकोे छ । स्मारकमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेनागृह, शौचालयलगायत संरचनासमेत निर्माण भएको छ । स्मारकभित्र एकैपटक दुई हजारजना अटाउनसक्ने सभाहलसमेत निर्माण गरिएको छ । देशभित्र विभिन्न कालखण्डमा भएका आन्दोलनका दस्तावेजसमेत त्यहाँ समावेश गरिनेछ । त्यहाँ प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउनका लागि गरिएको साहस, त्याग र बलिदानीको महत्वपूर्ण पक्ष झल्काइनेछ ।

मन्त्रिपरिषद् बैठकले स्मारकमा बगैँचासहितको संरचना निर्माणका लागि ८२ रोपनी जग्गा उपलब्ध गराएको थियो । तर नेपाली सेनाले जग्गा उपलब्ध नगराउँदा हाल ३५ रोपनीमा सीमित छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -