- ADVERTISEMENT -
- ADVERTISEMENT -

गाेरखाका ११ वटै स्थानिय तहमा बैक

May 26, 2019
1042
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गाेरखा, १२ जेठ २०७६ । जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएकाे छ । २ नगरपालिका र ९ गाउँपालिका रहेको गाेरखाका सबै स्थानीय तहमा विभिन्न बैंकको शाखा विस्तार भएकाे हाे ।

सबै स्थानीय तहमा वाणिज्य बैंक पु¥याउने सरकारको लक्ष्य अनुसार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा जनता बैंक, सिरानचोक गाउँपालिकामा ग्लोबल आइएमई बैंक र चुमनुब्री गाउँपालिकामा कुमारी बैंक स्थापना भैसकेका छन् । जिल्लाका अरु नगरपालिका तथा गाउँपालिकामा भने देश संघीय सरंचनामा जानुअघि नै बैंकिङ सुविधा पुगिसकेको थियो ।

धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा मंगलबार सिभिल बैंकले शाखा सञ्चालनमा ल्याएसँगै सबै स्थानीय तहमा बैंकको पहुँच पुगेको हो । त्यसअघि वैंक स्थापना हुन बाँकी गण्डकी गाउँपालिकाको केन्द्र भुम्लिचोकमा एक साताअघि मात्रै बैंक सञ्चालनमा आएको थियो ।

अजिरकाेटमा राष्ट्रिय बाणिज्य बैक रहेकाे भने अारूघाटमा विभिन्न बैक रहेका छन् । जिल्लाकाे गाेरखा नगपालिकार र पालुङटार नगरपालिका पनि विभिन्न बैकका शाखा कार्यालयहरू रहेका छन् ।

उत्तरी गाेरखाकाे विकट क्षेत्र समेटिएको चुमनुब्री गाउँपालिकामा स्थापना भएको बैकंबाट सरकारी कारोबार गर्न समस्या रहेको गाउपालिकाले जनाएकाे छ । यातायातकाे सहज पुहँच नभएकाे चुमनुब्रीमा बैकले सबै पैसा हेलिकप्टरकाे माध्यमले लैजाने गरेकाे गाउपालिकाले जनाएकाे छ । सुरक्षाको सुनिश्चितता नभएका कारण ठुलो रकम कारोबार गर्न अफ्ठेरो परेको बैंक बताएकाे छ ।

सबै स्थानीय तहमा बैंकको शाखा विस्तार भएपछि कर्मचारीको तलब, विकासे योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण लगायतमा सहज भएको जनप्रतिनिधिहरुले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -