चीन, १२ जेठ २०७६ । चिनले ६०० प्रतिघण्टाको रफतारमा चल्ने मैगे्रटिक लेविटेशन (मैग्लेव) ट्रेनको प्रोटोटाइप लन्च गरेको छ । चुम्बकिय क्षमताले चल्ने यो ट्रेनको डिजाइन सरकारी कम्पनि सीआरआरसी क्विंगदाओ सिफांगले तयार गरेको हो ।
कम्पनिले शुक्रबार शानदोंग प्रान्तको क्विंगदाओ शहरमा यो ट्रेनको पहिलो मोडल लन्च गरेको छ । चीनले अगिल्लो २ बर्षभित्र यो ट्रेनको परिक्षण शुरु गर्ने योजना बनाएको छ ।
चिनको विज्ञान एवं प्रौद्योगिकी मन्त्रालयले २०१६ मा १३ औ पञ्चबर्षिय योजना अन्तर्गत यो प्रोजेक्टमा काम शुरु गरेको थियो । हाई स्पीड मैग्लेव ट्रेनलाई हवाई यात्राको विकल्पको रुपमा हेरिएको छ । चीनमा अहिलेसम्म सबैभन्दा तेज ट्रेनको रफतार ३५० किलोमिटर प्रतिघण्टा छ ।
खबर अनुसार, ६०० किमी प्रतिघण्टाको स्पीड भएको मैग्लेव ट्रेन औसत बुलेट ट्रेन भन्दा कम आवाजको हुने अपेक्षा गरीएको छ । यसको यात्री टिप गर्ने क्षमता पनि बढि हुनेछ तर यसको मर्मत सम्भारको खर्च भने कम हुनेछ ।