एजेन्सी, १२ जेठ २०७६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार दिने औपचारिक भ्रमणका लागि शनिबार जापान पुगेका छन् । जापान र अमेरिका दुवै तर्फका अधिकारीहरुले जापानका राष्ट्रपति सिन्जो आबे र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अभूतपूर्व संवन्ध रहेको जनाएका छन् ।
भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले जापानका नयाँ राजा नारुहितोलाई सोमबार भेट्ने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन् । यसअघिका राजाले स्वास्थ्यको कारण देखाउदै पद त्याग गरेपछि जापानमा अहिले नयाँ राजाले जिम्मेवारी पाएका थिए ।
सुमो शिखर सम्मेलनका लागि ट्रम्प जापान पुगेका हुन् । जापानका प्रधानमन्त्री आबेले पनि हालै अमेरिकाको भ्रमण गरेका थिए । ट्रम्पका एक जना बरिष्ठ अधिकारीले भनेका छन्, “दुई नेताहरु एक अर्काका देशमा आउने जाने र भेटवार्ता गर्ने गरिरहनु भएको छ, यसैबाट उहाँहरुको सम्वन्ध कस्तो छ भन्ने थाहा हुन्छ ।”
जापानका एक जना उच्च कुटनीतिक अधिकारीले पनि दुई देशका शिर्ष नेताहरुको लगातारको भेटघाटले उनीहरको सम्वन्ध अदभूत छ भन्ने पुष्टि हुने दाबी गरेका छन् ।