- ADVERTISEMENT -

राहुल गान्धीको राजीनामा अस्वीकृत

May 25, 2019
849
Shares
- ADVERTISEMENT -

भारत, ११ जेठ २०७६ । लोकसभा चुनावमा नराम्रोसँग पराजित भएपछि हारको समीक्षा र भावी रणनीति तयार गर्न भारतीय कांग्रेसले विमर्श सुरु गरेको छ ।

शनिबार दिल्लीमा रहेको मुख्यालयमा कांग्रेसको वर्किङ कमिटीको बैठक बसेको छ । भारतीय सञ्चार माध्यमका अनुसार राहुल गान्धीले कांग्रेस नेतृ सोनिया गान्धीसमक्ष राजीनामा पेस गरेका छन् । तर पार्टीका नेताहरुले उनको राजानीमा स्वीकृत गरेका छैनन् । गान्धीलाई पार्टीका वरिष्ठ नेताहरुले राजीनामा नदिन आग्रह गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

बैठकमा मध्य प्रदेशका मुख्यमन्त्री कमल नाथ भने उपस्थित भएका छैनन् । मध्य प्रदेशमा कांग्रेसले नराम्रो पराजय भोगेको छ । पार्टीले यहाँ २९ मध्ये २८ मा हार व्यहोरेको छ । साथै पार्टीका वरिष्ठ नेता तथा मुख्यमन्त्री दिग्विजय सिंह तथा ज्योतिरादित्य सिंधियाजस्त हस्तीले समेत हार व्यहोर्नु परेको छ ।

बैठकमा कांग्रेस अध्यक्ष राहुल गान्धी, यूपीएकी अध्यक्ष सोनिया गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह। महासचिव प्रियंका गान्धीसहितका वरिष्ठ नेताहरुको उपस्थिति थियो ।

लोकसभा चुनावमा कांग्रेसले मुख्य विपक्ष दल बन्नका लागि चाहिले ५४ सिट पनि जित्न सकेन । उ ५२ सिटमा समेटियो । कांग्रेसका अन्य सहयोगी दल डीएमके तथा एनसीपीलगायतका दलले ४० सिट जितेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -