- ADVERTISEMENT -
- ADVERTISEMENT -

१६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन चीनले दश महिनामा सम्पन्न

May 24, 2019
1085
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, १० जेठ २०७६ । काठमाडौंस्थित मुलुककै पुरानो विद्यालय दरबार हाइस्कुलको पुनःनिर्माण १० महिनामै सम्पन्न भएको छ ।

शुक्रबार एक कार्यक्रमबीच चीनका लागि नेपाली राजदूत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको विद्यालय चीन सरकारको सहयोगमा निर्माण गरिएको हो ।

चिनियाँ सहयोगमा सुरु गरिएका २५ आयोजनामध्येको यो एक हो ।

२० महिनामा निर्माण सक्ने लक्ष्य राखेर २०७५ साल साउन १८ गतेबाट दरबार हाईस्कुलको पुनःनिर्माण समयभन्दाअघि नै सकिनु उत्साहजनक भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । यस्ता आयोजनाबाट नेपालीले सिक्ने अवसर पाएको उनको भनाइ थियो ।

८० करोड रुपैयाँको लागतमा निर्माण भएको भवन ९ रोपनी ३ आना जग्गामा फेलिएको छ । भवन ४६ कोठे ४ तल्ले भवनको बाहिरीस्वरुप पुरानै भएपनि भित्री बनावट पहिलेकोभन्दा केही फरक छ ।

१६६ वर्ष पुरानो दरबार हाइस्कुल नेपालको पहिलो विद्यालय हो । भवनमा आउदो मंसिरबाट पठनपाठन शुरु हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -