- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

१०६ सिटमा भाजपा गठबन्धन विजयी, काँग्रेसको कति ?

May 23, 2019
1021
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ९ जेठ २०७६ । सात चरणमा भएको १७औँ लोकसभा चुनावको नतिजा आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा रहेको एनडिएले १ सय ६ सिटमा विजय हासिल गरेको छ ।

मतगणना जारी रहेका सिटमध्ये भाजपा नेतृत्वको एनडिएले २ सय ४२ स्थानमा अग्रता कायम गरिरहेका छ ।

- ADVERTISEMENT -

Advertisement

भारतीय जनता पार्टीबाट प्रधानमन्त्री नरेन्द्र मोदी भाजपा अध्यक्ष अमित शाह लगायतका नेताले विजय हासिल गरिसकेका छन् ।

उता कांग्रेस नेतृत्वमा रहेको युपिए भने यो निर्वाचनमा पनि कमजोर देखिएको छ। उसले ३० स्थानमा विजय हासिल गरेको छ भने ५९ स्थानमा अग्रता कायम राखेको छ ।

- ADVERTISEMENT -

Advertisement

यी दुबै गठबन्धनमा आबद्ध नरहेका दलले भने ७ स्थानमा विजय हासिल गरेका छन्। उसले ९८ स्थानमा अग्रता कायम राखेको छ ।

कुल ५४३ सिटमध्ये १ सय ४३ सिटको नतिजा प्राप्त भइसकेको छ । बाँकी सिटको नतिजा सार्वजनिक हुने क्रम जारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com