Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५०:४१ बिहान
- ADVERTISEMENT -

मोदी दोहोरीने निश्चित

प्रकाशित मिति: २०७६ जेठ ९, बिहीबार

956
Shares

एएनआई, ९ जेठ २०७६ । भारतको तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको आज बिहानैदेखि मतगणना जारी छ । मतगणनाको प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को गठबन्धनले फेरि बहुमत ल्याउने देखिएको छ ।

भारतीय सञ्चार माध्यमहरुले भाजपा गठबन्धन (एनडीए) ले ३०० भन्दा बढी स्थानमा अग्रता कायम गरिरहेको बताएका छन् । प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कङ्ग्रेसको प्रगतिशील गठबन्धन (युपिए) ले १०० स्थानको हाराहारीमा मात्र अग्रता बनाएको छ ।

भाजपाले कमजोर प्रदर्शन गर्ने अपेक्षा गरिएका उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान जस्ता केही राज्यमा पनि भाजपाले नै अग्रता कायम गरेको छ । भाजपाले पश्चिम बंगालमा व्यापक सुधार गर्ने अपेक्षा पनि गरिएको छ ।

भाजपाले बहुमत ल्याएमा प्रधानमन्त्री नरेन्द्र मोदी नै देशको भावी प्रधानमन्त्री हुने निश्चित भइसकेको छ ।

पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४३ स्थानका लागि चुनाव भएको थियो । दुई स्थान राष्ट्रपतिले चयन गर्ने भारतीय संवैधानिक प्रावधान छ ।

लोकसभाका साथै उडिसा, आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशको विधानसभाका लागि पनि चुनाव भएको थियो । यस पटकको लोकसभाको चुनाव गत अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा सम्पन्न भएको थियो ।

चुनावको नतिजा आजै सार्वजनिक गर्नेगरी भारतीय निर्वाचन आयोगले तयारी गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -