- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘मैले कुनै भ्रष्टाचार गरेको प्रमाणित भए झुन्डिएर मर्न तयार छु’

May 21, 2019
1002
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ७ जेठ २०७६ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भ्रष्टाचार गरेको प्रमाणित भए आफू झुन्डिएर मर्न तयार भएकोे बताएका छन्। सांसद अमनलाल मोदीले भ्रष्टाचार गरेको आरोप लगाएपछि मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा घिसिङले यस्तो जवाफ दिएका हुन्।

‘मैले कुनै भ्रष्टाचार गरेको प्रमाणित भए झुन्डिएर मर्न तयार छु, छानबिन सम्बन्धित निकायले गर्ला’ घिसिङले आक्रोशित हुँदै भने,‘सांसद भएँँ भन्दैमा मलाई अनावश्यक चार्ज नगर्नुहोला, सबैकुरा छानबिन भएको छ, सम्बन्धित निकायले छानबिन गरेको छ।’

- ADVERTISEMENT -

Advertisement

घिसिङको जवाफपछि बैठकमा सांसदबीच आरोप प्रत्यारोप नै चलेको थियो। लेखा समितिमा नेकपाका सांसद मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा नौ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com