पोखरा, ७ जेठ २०७६ । दान गरिने अवार्डको राशि रु पाँच हजार नगदसहित प्रशंंसापत्र रहेको युनियन कास्कीका सचिव प्रदीप पौडेलले जानकारी दिए ।

नेपाल प्रेस युनियनको २८औँ स्थापना दिवसको अवसरमा जेठ १३ गते पोखरामा अवार्ड प्रदान गरिनुका साथै वर्तमान अवस्थामा प्रेस स्वतन्त्रताको अवस्था र प्रेस युनियनको भूमिका विषयक अन्तरक्रिया गरिने उनले जानकारी दिए ।

कार्यक्रमको तयारीका लागि सदस्य सन्तोष सुवेदी संयोजक तथा विजय नेपाली, सुवाष आचार्य, अनिषा श्रेष्ठ र कमल पौडेल सदस्य रहेको समिति गठन गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्