काठमाडौं, ७ जेठ २०७६ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले सहमति गरेरै मिडिया काउन्सिल विधेयक आउने बताएका छन् ।

उनले जब नयाँ संविधान बन्यो तब नयाँ कानुनहरु बन्ने क्रममा यस्तो संयन्त्र चाहियो जहाँ सरकार, मिडिया र जनताबीच समन्वयको निकाय चाहियो भनेरै प्रभावकारी बनाउन मिडिया काउन्सिल विधेयक आउन लागेको बताएका छन् ।

डा अर्यालले पत्रकारहरुले आफ्नो व्यवसायीक स्वार्थसंग जोडिएको विषयमा गहन विमर्श भइरहेको भन्दै छलफलबाट समाधान गरिने समेत बताएका छन् ।

उनले भनेका छन्, ‘सडकबाट समस्याको समाधान हुँदैन । पत्रकारहरु सडकमा जाँदैमा विधेयक रोकिँदैन ।’

डा अर्यालले आफूहरुको अधिकार सरकारले कटौती गर्छ कि भन्ने आशंका पत्रकारहरुलाई भए पनि त्यो अवस्था नरहेको बताए ।

एउटा सभ्य समाजमा सरकार हुने र पत्रकारलाई अझ बढी उत्तरदायी बनाउन मिडिया काउन्सिलले भूमिका खेल्ने अर्यालको दावी छ ।

मर्यादा र चरित्र हत्याको विषय जोडिएकाले व्यक्तिको मर्यादा र आचरणसंग खेलबाड गर्न नहुनेमा विश्व नै सचेत रहेकाले पत्रकारले नियतवश दुःख दिनका लागि आउने समाचार आए जरिवाना हुने डा अर्यालको भनाइ छ ।

उनले पत्रकारहरुले जुन कुरालाई बढी भयो भनिरहेका छन् त्यस विषयमा केही लचिलो हुने क्रम भइरहेको भन्दै उनले सबैलाई खड्किएको कुरामा सुधार गरी सबैले गर्व गर्न सक्ने गरी विधेयक आउने दावी गरेका छन् ।

उनले भने, ‘हामी सबै जना मिलेर कसैको चरित्र हत्या गर्दैनौं । यसमै सहमति गरेर मात्रै विधेयक ल्याउँछौं । संसदमा ब्यापक छलफल भएरै विधेक आउँछ ।’

उनले पत्रकारिता विश्वमा कुनै पनि सरकारले परास्त गर्न नसक्ने दावी गर्दै भनेका छन्, ‘संसारका कुनै पनि सरकारले पत्रकारितालाई परास्त गर्न सक्दैनन्, परास्त गर्ने पत्रकार आफैले हो ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्