- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेकपाले आफु निकट पत्रकारलाई धुम्बाराहीमा बोलाएर फकायो

May 19, 2019
651
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, ५ जेठ २०७६ । सत्तारुढ दल नेकपाले सञ्चारक्षेत्रलाई नै अंकुशमा पार्ने गरी मिडिया काउन्सिल विधेयक ल्याउँन लागेपछि यसको चौतर्फी बिरोध भईरहेको छ । देशभरका पत्रकारहरुले यस विधेयकको खुलेर बिरोध गर्दै प्रर्दशन पनि गरिरहेका छन् । यसबीच नेकपाले आफु निकट रहेका पत्रकारहरुलाई नेकपा मुख्यालय धुम्बाराहीमा बोलाएर सम्झाएको छ ।

मुख्यालयमा बोलएर पत्रकारहरुसंग संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकबारे छलफल गरेको हो । छलफलमा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, सुवासचन्द्र नेम्वाङ, पम्फा भुसाल र योगेश भट्टराई लगायत उपस्थित रहेका थिए । उनीहरुले आफु निकट रहेका पत्रकारहरुलाई बोलाएर सम्झाई बुझाई गरेर पठाएको हो । छलफलका क्रममा प्रेस संगठन नेपालका केन्द्रीय नेता महेश्वर दाहाल लगायतका नेताहरुको पनि सहभागीता रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

पत्रकारले आचार संहिता उल्लघंन गरी कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याउने गरी समाचार प्रकाशन प्रसारण गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखेर विधेयक सरकारले ल्याउँन लागेपछि पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेत विधेयकको विपक्षमा उभिँदै आएका छन् ।प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ पनि विधेयकको विपक्षमा छन् । सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी विधेयक नसच्याएसम्म महासंघको आन्दोलन नरोकिने पत्रकार महासंघले बताउँदै आएको छ ।

नेकपाकै समर्थक रहेका पत्रकारहरुसमेत सरकारले ल्याएको विधेयकको विपक्षमा उभिएपछि सत्तारुढ नेकपाका नेताहरुले आफु निकटका पत्रकारहरुलाई सम्झाउन सुरु गरेको हो । यता सञ्चारमन्त्री गोकुलप्रसादले विधेयक फिर्ता नहुने अडान राखेको भेलामा सहभागीहरुले बताएका छन् । तर विधेयकमा परिमार्जन गर्नुपर्ने भएमा छलफल गर्न सकिने बताएका छन् । नेकपा निकट रहेका पत्रकारहरु नै सरकारले ल्याउँन लागेको विधेयकको बिरोध गरिरहेका छन् । यसबीच नेकपाले आफु निकट रहेका पत्रकार फकाउँन भेला ढाकेको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com