२०८३ जेठ ५, मंगलबार
३:१३:४४ राति
- ADVERTISEMENT -

राजमार्ग अवरुद्ध भए दश मिनेटमै खुलाइने

प्रकाशित मिति: २०७६ जेठ ४, शनिबार

819
Shares

काठमाडौँ, जेठ ४ गते । सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए दश मिनेटभित्र नै अवरोध खुलाउन ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ ल्याएको छ ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले राजमार्ग र सडक सकभर कुनै पनि कारणले अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए दश मिनेटभित्र खुलाउने योजना सरकारले ल्याएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “समग्र मुलुक र आमनागरिकको ‘लाइफ लाइन’ का रुपमा रहेका राजमार्ग र सडक कुनै पनि हालतमा एकछिन पनि अवरुद्ध हुनुहुुँदैन भन्ने राज्यको मान्यता छ, तै पनि यदि कुनै कारणले अवरुद्ध भएको अवस्थामा दश मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ ।” उहाँले ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ कार्यान्वयनमा ल्याएको जानकारी समेत दिनुभयो ।

आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न तथा विभिन्न बहानामा राजमार्ग र सडक अवरुद्ध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा आमनागरिकलाई विनाअवरोध सहज रुपमा मुलुकभर यात्रा गर्न सहज होस् भन्ने उद्देश्यसहित सो कार्यविधि ल्याइएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

निहित स्वार्थका लागि गरिने बन्द–हडतालका साथै प्राकृतिक विपद्का कारण समेत सडक अवरुद्ध भएको अवस्थामा पनि दश मिनेटभित्र अवरोध खुलाउने गरी उक्त कार्यविधि ल्याइएको प्रवक्ता सुवेदीले बताउनुभयो । सो कार्यविधि मुलुकभरिका जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको जानकारी समेत उहाँले दिनुभयो ।

कार्यविधि कार्यान्वयनमा आएसँगै अवरुद्ध राजमार्ग र सडक खुलाउन सम्बन्धित क्षेत्रका प्रशासनले एकीकृत बल प्रयोग गर्न सक्ने प्रस्ट पार्दै प्रवक्ता सुवेदीले कार्यविधिमा अवरुद्ध हटाउने प्रक्रियाका साथै राजमार्ग र सडकलाई थप सुरक्षित बनाउने, कुनै दुर्घटना भएको अवस्थामा शीघ्र उद्धार गर्नसक्ने लगायतका व्यवस्था गरिएको जानकारी दिनुभयो ।

राजमार्ग र सडकको अवरोध खुलाउन, राजमार्ग र सडकलाई थप सुरक्षित बनाउन, राजमार्गमा कुनै दुर्घटना भएको अवस्थामा शीघ्र उद्धार गर्न राजमार्गको हरेक २०—२० किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलका सुरक्षा पोस्ट स्थापना गरिने कार्यविधिमा उल्लेख गरिएको जानकारी प्रवक्ता सुवेदीले दिनुभयो ।
राजमार्गमा ‘इमिडियट रेस्पोन्स टिम (आईआरटी) स्थापना
सशस्त्र प्रहरी बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले कुनै पनि कारणले राजमार्ग र सडक अवरुद्ध हुन नदिन र यदि भइसकेको अवस्थामा दश मिनटभित्रमा नै खुलाउने उद्देश्यसहित देशका मुख्य राजमार्गहरुमा अहिले एक सय स्थानमा ‘इमिडियट रेस्पोन्स टिम (आईआरटी) स्थापना गरिसकिएको जानकारी दिनुभयो ।

त्यसैगरी, अवरुद्ध राजमार्ग र सडक खुलाउन तथा हुनसक्ने सम्भावित दुर्घटनामा छिटोभन्दा छिटो उद्धार गर्न ठूला एम्बुलेन्स खरिद गर्ने योजना सशस्त्र प्रहरीको रहेको बताउँदै प्रवक्ता श्रेष्ठले अहिले आठ वटा त्यस्ता एम्बुलेन्स खरिद गरी विभिन्न राजमार्गमा स्थापना गरिएको ‘इमिडियट रेस्पोन्स टिम’ लाई पठाइ सकिएको जानकारी दिनुभयो । यस्ता एम्बुलेन्सले एक पटकमा १२ जनासम्म बिरामी बोक्न सक्दछन् ।

‘इमिडियट रेस्पोन्स टिम’ का लागि छुट्टै दरबन्दी
राजमार्ग र सडक क्षेत्रलाई कहिल्यै पनि अवरुद्ध हुन नदिन तथा थप सुरक्षित बनाउन मुलुकभर नै थप ‘इमिडियट रेस्पोन्स टिम (आईआरटी) स्थापना गर्ने योजना सरकारको रहेको बताउँदै उहाँले यसका लागि सशस्त्र प्रहरी बलमा छुट्टै नै दरबन्दी कायम गर्ने योजना रहेको जानकारी दिनुभयो । अहिले स्थापना गरिएका ‘आईआरटी’ मा सम्बन्धित जिल्लामा दरबन्दी भएका सशस्त्र प्रहरी खटिएको जानकारी सशस्त्र प्रहरी बलका प्रवक्ता श्रेष्ठले दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -