- ADVERTISEMENT -

उ थान्तको सम्झनामा सालिक निर्माण

May 18, 2019
796
Shares
- ADVERTISEMENT -

लुम्बिनी, ४ जेठ २०७६ । लुम्बिनीको विकासका लागि महत्वपूर्ण योगदान गर्नुभएका संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव उ थान्तको सम्झनालाई चिरस्थायी बनाउन लुम्बिनीमा शालिक निर्माण गरिएको छ ।

सन् १८६७ अप्रिल २३ मा नेपाल भ्रमण गर्नुभएका पूर्वमहासचिव उले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति क्षेत्रका साथै लुम्बिनीको विकासका लागि संसारभरका बुद्धिस्ट तथा गैरबुद्धिस्टहरुलाई उहाँलै गर्नुभएको योगदानको सम्झनामा मायादेवी मन्दिर नजिकै उहाँको शालिक निर्माण गर्नुका साथै शुक्रबार एक कार्यक्रमको आयोजना गरी शालिक अनावरण गरिएको थियो । जापानिज नागरिक डा तोकोसिन कासाईको अगुवाइमा उक्त शालिक निर्माण भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

शालिक अनावरण गर्न उहाँका नाति तथा विश्व विख्यात शान्तिदूत डा.थान्त मिन्ट उ लुम्बिनी आउनुभएको थियो । जतिखेर भियतनाम युद्ध र विश्वमा शीतयुद्ध चलिरहेको बेला उहाँले नेपाल भ्रमण गरेर विश्वमा शान्ति फैलाउन कसरी सकिन्छ भन्दै लुम्बिनीको भ्रमण गरेर शान्तिका उपायहरु तय गरेको जानकारी पूर्वमहासचिव उका नाति डा.थान्तले जानकारी गराउनुभएको थियो ।

नेपाल भ्रमणपछि उहाँले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलोलाई विकसित गर्ने र यसलाई विश्वसामु चिनाउन गर्नुभएको पहल संसारभरका बुद्धिस्टका लागि प्रेरणासमेत भएको डा. थान्तले बताउनुभयो ।

यंगुन हेरिटेज ट्रस्टका अध्यक्षसमेत रहनुभएका डा. हजुरबुबाका कारण आफू पनि लुम्बिनीसँग जोडिन पाएकोमा आफूले गौरव महसुस गरेको बताउँदै उहाँले लुम्बिनीको विकासका लागि लामो समयदेखि योगदान गर्दै आउनुभएका जापानिज नागरिक लुम्बिनी होटल कासाईका अध्यक्ष डा. तोकुसिन कासाईको पहलमा शालिक निर्माण गरिनु आफू र म्यानमारका जनताका लागि गौरव भएको बताउनुभयो ।

संयुक्त राष्ट्र संघको विभिन्न महत्वपूर्ण पदमा रहेर काम गरी सक्नुभएका डा. थान्तले लुम्बिनीको विकासका लागि आफूले सक्दो योगदान गर्ने बताउनुभयो ।

सन् १९७० मा उहाँले लुम्बिनीको विकासका लागि इन्टरनेसनल कमिटी फर द डेभलपमेन्ट लुम्बिनी गठन गरी पूर्वमहासचिव उले एसियाका विभिन्न १६ वटा मुलुकलाई लुम्बिनीको विकासमा सहयोग पु¥याउन एउटै मञ्चमा उभ्याउनुभएको थियो । उहाँकै पहलमा सन् १९७२ मा लुम्बिनीका विकासका लागि गुरुयोजना बनाउन शुरु गरिएको थियो ।

उक्त गुरुयोजना सन् १९७८ मा जापानिज नागरिक कन्जो टाँगेले पूरा गर्नुभएको थियो । लुम्बिनीको विकासमा उ थान्तको भूमिका महत्वपूर्ण रहेको प्रदेश नम्बर ५ का पर्यटनमन्त्री लीला गिरीले बताउनुभएको छ ।

लुम्बिनीलाई विश्वको अन्तर्राष्ट्रिय शान्ति केन्द्र बनाउन अहिले भइरहेको प्रयासको जस पूर्वमहासचिव उ थान्तलाई जाने पनि मन्त्री गिरीले बताउनुभयो ।

अहिलेको विश्वमा बुद्धका सन्देशहरु समसामयिक हुँदै गएकाले लुम्बिनीको विकास र बुद्ध शिक्षालाई विश्वव्यापी बनाउँदै अशान्त बन्दै गएको विश्वलाई शान्तिको मार्गमा ल्याउनुपर्ने शालिक अनवरण कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

विश्वभर रहेका १ अर्ब ५० करोड बुद्धिस्टबाहेक अन्य धर्मावलम्बीहरुलाई समेत लुम्बिनीको महत्वका बारेमा जानकारी गराउनुपर्ने कार्यक्रममा सहभागी स्वदेशी तथा विदेशी सरोकारवालाहरुले बताएका थिए ।

राष्ट्र संघका पूर्वमहासचिव उ थान्तको पहलमा नै लुम्बिनीलाई विश्व सम्पदा सूचीमा समावेश गर्न र संयुक्त राष्ट्रसंघमा लुम्बिनी विकासका लागि समिति नै गठन भएको र लुम्बिनीले अन्तर्राष्ट्रिय रुपमा चर्चा पाएकाले उहाँको योगदानलाई चिरस्थायी बनाउन पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।

लुम्विनी विकास कोषका प्रमुख प्रशासक ज्ञानिन राईले लुम्बिनीको विकासमा पूर्वमहासचिव उ थान्तको योगदानको जति चर्चा गरे पनि कम हुने बताउँदै लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति क्षेत्र बनाउने उहाँको परिकल्पनालाई साकार पार्दै लुम्बिनीलाई बुद्धिस्ट पर्यकटहरुलाई आकर्षित पार्न बुद्धशिक्षालाई व्यापक बनाउनुपर्ने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -