२०८३ जेठ ३, आइतबार
५:१५:५७ बेलुका
- ADVERTISEMENT -

कुलमानले स्विच दबाएर माथिल्लो त्रिशूलीको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडे

प्रकाशित मिति: २०७६ जेठ ३, शुक्रबार

739
Shares

काठमाडौँ, ३ जेठ २०७६ । लामो समय विवाद र प्राकृतिक प्रकोपका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् आजदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिई आयोजना पूर्णरुपमा सम्पन्न भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ–५ सिम्लेस्थित स्विचयार्डको कन्ट्रोल रुममा रहेको स्विच दबाएर आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरे । यो दिनको प्रतिक्षाका लागि प्राधिकरणले विगत दश वर्षदेखि अनवरत प्रयास गर्दै आएको थियो । आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत्गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् काठमाडौँको मातातीर्थस्थित सबस्टेशनमा जोडिएको छ ।

शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ । त्यसपछि उपकरण तथा सुरुङ, बाँधलगायतका संरचनाका पुनः परीक्षण गरिने प्राधिकरणले जनाएको छ । सो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन शुरु हुनेछ । आयोजनाको दोस्रो युनिट भने आगामी असारको दोस्रो साताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली थ्री ए सञ्चालनमा आएपछि कुलेखानी जलाशयको पानी जोगिने र भारतबाट आयात भइरहेको विद्युत् परिमाण घट्ने बताए । विद्युत् बढी माग हुने काठमाडौँ उपत्यकाबाट नजिक रहेको र हिउँदमा समेत करीब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहनेछ ।

सो आयोजनाबाट उत्पादित विद्युत्ले उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप विश्वसनीयता बढ्ने विश्वास लिइएको छ । कार्यकारी निर्देशक घिसिङका अनुसार त्रिशूली ३ ए पूर्णरुपमा सञ्चालनमा आएपछि आयोजनाबाट देशभर खपत हुने ऊर्जामा करीब आठ प्रतिशतको योगदान रहनेछ । त्यसबाट मुख्यरुपमा हिउँदको विद्युत् माग धान्न भारतबाट आयात हुने ऊर्जासमेत कम गर्न सकिनेछ ।

विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन शुरु गर्ने अवस्थामा पुर्याएको हो । आयोजनाले नै काठमाडौँको मातातीर्थसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको समेत निर्माण गरेको छ । यसबाट त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पूर्वाधारसमेत तयार भएको छ ।

कूल अनुमानित लागत १२ करोड ५८ लाख अमेरिकी डलर रहेको आयोजना नेपाल सरकार, प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चिनियाँ कम्पनी गेजुवासँग २०७६ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ठेक्का भने चाइना वाटर एण्ड इनर्जीले पाएको थियो ।

विसं २०७१ साल जेठ १७ गतेभित्र निर्माण सक्ने गरी गेजुवासँग ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएको थियो । भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका नराम्ररी प्रभावित भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -