काठमाडौं, २ जेठ २०७६ । अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबर क्राइम हुन सक्ने भन्दै आपतकाल घोषणा गरेका हुन् ।
उनले विदेशी साइबर हमलाबाट अमेरिकी कम्युटरको नेटवर्क बचाउन राष्ट्रिय आपतकाल घोषणा गरेको जनाएका छन् ।
उनले एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय आपतकाल घोषणा गरेका हुन् । जारी आदेशले अमेरिकी कम्पनीहरुलाई विदेशी टेलिकम सेवाको उपयोग गर्न प्रतिबन्धित गरेको छ ।
विदेशी टेलिकम सेवाबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने आदेशमा उल्लेख गरिएको छ ।
ट्रम्पले कुनै कम्पनी विशेषको नाम नलिए पनि चीनको हुवावे कम्पनीप्रति लक्षित रहेको हुन सक्ने विश्लेषकहरुको विष्लेषण छ ।