- ADVERTISEMENT -
- ADVERTISEMENT -

विश्वको सबैभन्दा तेज चल्ने बुलेट ट्रेनलाई जापानले गर्यो सफल परिक्षण

May 15, 2019
704
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एजेन्सी, १ जेठ, २०७६ । जापानले विश्वको सबैभन्दा तेज बुलेट ट्रेनको ट्रायल शुरु गरेको छ ।

यो ४०० किलोमिटर प्रति घण्टाको रफतारमा चल्न सक्षम छ । गतिमा यसले चिनमा चल्ने ट्रेनलाई पनि पछाडि पार्नेछ । सीएनएनका अनुसार, शिनकानसेन ट्रेनको एएलएफए–एक्स भर्सनको ट्रेनको ट्रायल शुरु भएको छ ।

जब २०३० मा यसको परिचालन शुरु हुनेछ तब यसलाई ३६० किलोमिटर प्रतिघण्टा (२२४ मील प्रति घण्टा) को रफतारले दौडाइनेछ । यसबाट यो सजिलै विश्वको सबैभन्दा तेज गतिमा चल्ने बुलेट ट्रेन बन्नेछ । यो ट्रेन चीनको फुक्सिंग ट्रेन भन्दा १० किलोमिटर तेज गतिमा दौडनेछ ।

यसको ट्रायल आधा रातपछि हप्ताको २ दिन सेनडाई र ओमोरी स्टेशन बिच गरिनेछ । यी दुबै शहर बिचको दुरी २८० किलोमिटर छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -