२०८३ जेठ ५, मंगलबार
३:४८:५१ राति
- ADVERTISEMENT -

४६ पदमा मात्रै उपनिर्वाचन हुने

प्रकाशित मिति: २०७६ जेठ १, बुधबार

847
Shares

काठमाडौंँ, १ जेठ २०७६ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभा सदस्य गरी हालसम्म रिक्त ४६ पदमा मात्रै उपनिर्वाचन हुने भएको छ । अब स्थानीय तहको उपनिर्वाचन हुँदा वडाध्यक्ष पदसम्म मात्रै उपनिर्वाचन हुने भएकाले थोरै पदमा उपनिर्वाचन हुन लागेको हो । प्रदेशसभा सदस्य, प्रतिनिधि सभा सदस्य, नगरपालिका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र वडाअध्यक्षको मात्रै उपनिर्वाचन हुने कानुनी व्यवस्था छ । उपनिर्वाचन कहिले हुने भने टुङ्गो लागिसकेको छैन ।

स्थानीय तहमा वडा सदस्य, महिला सदस्य, दलित सदस्य, कार्यपालिका सदस्य र जिल्ला समिति सदस्य गरी नौ सयभन्दा बढी पद रिक्त भए पनि ती पदमा उपनिर्वाचन नहुने भएको हो । निर्वाचन आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले सरकारबाट उपनिर्वाचनको मिति घोषणा भएमा उपनिर्वाचन गराउन आयोग तयार रहेको बताउनुभयो ।

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारबाट उपनिर्वाचनको मिति घोषणा भएमा त्यसका लागि आवश्यक सबै तयारी गर्न कर्मचारीहरुलाई निर्देशन दिइसक्नु भएको जानकारी पनि आयोगले दिएको छ ।

आयोगका अनुसार, गण्डीकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २ बाट निर्वाचित रवीन्द्र अधिकारको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो पद रिक्त छ । अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्थ्यो ।

यसैगरी, प्रदेशसभा सदस्यत्रय हरिशरण लामिछाने, टेकबहादुर घर्ती, उत्तरकुमार ओलीको निधनपछि प्रदेशसभामा तीन पद रिक्त छन् । प्रदेश ३ का भक्तपुरका लामिछाने, गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाका टेकबहादुर घर्ती र प्रदेश ५ को दाङका उत्तरकुमार ओलीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उहाँहरू तीनैजना प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुुनुुहुन्थ्यो ।
स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको पनि निधन भएका कारण उपनिर्वाचन हुन लागेको हो ।

यसैगरी, ७७ जिल्लामा गरी ३८ वडा अध्यक्षको पद रिक्त छन् । कार्यकारी प्रमुख नहुँदा त्यहाँका बासिन्दाले सरकारी सेवा सहज तरिकाले पाउन सकेका छैनन् । निर्वाचन हुने पदमध्ये ३६ जनाको त निधन भएका कारण पद रिक्त छ ।
संखुवासभाको खाँदबारी नगरपालिका वडा नं। ५ का वडा अध्यक्ष बमबहादुर घले वैदेशिक रोजगारमा गएका कारण र रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नं। ७ का अध्यक्ष धर्मराज यादव निलम्बनमा परेका कारण वडा अध्यक्ष पद खाली छ ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष संजयकुमार मण्डलले वडा अध्यक्ष पदबाट राजीनामा दिएपछि सो पद खाली छ ।
त्यसैगरी, स्थानीय तहमा निर्वाचनमा कतिपय पदमा उम्मेदवारी नै नपरेका, निर्वाचित भएर पनि निधन भएका र अन्य विविध कारणले रिक्त भएका विभिन्न स्थानमा गरी स्थानीय तहमा कम्तीमा ९४४ पद रिक्त भए पनि वडा अध्यक्षभन्दा माथिल्लो पदमा मात्रै उपनिर्वाचन हुने छ ।

वर्षाअघि उपनिर्वाचन हुने सम्भावना कम
नयाँ आर्थिक वर्षको वार्षिक बजेट यही जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । त्यो भन्दा अगाडि हुने उपनिर्वाचनको मिति घोषणा हुने सम्भावना नै छैन । निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आचारसंहिता लागू हुन्छ ।
निर्वाचनका लागि विद्यमान निर्वाचन कानुनमा आयोगलाई १२० दिनको समय प्रदान गरिएको छ । जेठ १५ पछि निर्वाचनको मिति घोषणा हुँदा वर्षा सुरु भइसक्ने भएको कात्तिक अन्तिम वा मंसिरको पहिलो साताभन्दा अगाडि उपनिर्वाचन हुने सम्भावना टरेको छ ।

रिक्त पद सङ्ख्या
प्रतिनिधिसभा सदस्य १
प्रदेशसभा सदस्य ३
नगरप्रमुख १
गाउँपालिका अध्यक्ष ३
वडाध्यक्ष ३८
जम्मा ४६

स्रोत : निर्वाचन आयोग

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -