Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१५:०० बिहान
- ADVERTISEMENT -

व्यापार वार्तामा ‘धैर्य नगुमाउन’ चीनलाई ट्रम्पको आग्रह

प्रकाशित मिति: २०७६ वैशाख २८, शनिबार

852
Shares

अमेरिका, २८ बैशाख २०७६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्तामा धैर्य राख्न आग्रह गरेका छन् । अमेरिकाले चिनियाँ उत्पादनमा मूल्य वृद्धि गरेको र चीनले पनि यसको उचित जवाफ दिने बताइरहँदा अमेरिकी राष्ट्रपतिले व्यापार–विवादबारे हतार गर्नु आवश्यक नरहेको धारणा अघिसारेका हुन् ।

अमेरिकाले चीनबाट आयात गर्ने सामानमा २ खर्ब अमेरिकी डलरबराबरको भन्सार करलाई १० प्रतिशतदेखि २५ प्रतिशतसम्म बढाएपछि चीनले शुक्रबार अमेरिकाको सो कारवाहीसम्बन्धी वक्तव्य प्रकाशित गरेको छ । सो वक्तव्यमा अमेरिकाले यस्तो कारवाही गरेकोमा चीनलाई अफसोस लागेको र चीनले बाध्य भएर जवाफी कदम चाल्ने जनाइसकेको एएफपीले जनाएको छ ।

११औं चीन–अमेरिका आर्थिक उच्चस्तरीय वार्ता अमेरिकी वासिङ्टनमा चलिरहेको छ । अमेरिकाले चीनसँगै एउटै दिशातिर अघि बढ्दै साझा प्रयासमार्फत सहयोग तथा छलफलका माध्यमबाट विद्यमान समस्याको समाधान गर्ने आशा चीनले लिएको सो वक्तव्यमा उल्लेख गरिएको छ ।

विश्वका दुई ठूला अर्थतन्त्रबीच एक वर्षदेखि व्यापार वार्ता चलिरहेकोमा बिहीबार रातिदेखि उनीहरूबीच सौदाबाजी चलिरहेको छ ।

अमेरिकामा चलिरहेको वार्तामा चिनियाँ उप–प्रधानमन्त्री लिउ हे, अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर र अमेरिकी वित्तमन्त्री स्टेभेन मनुचिनले दुईपक्षीय वार्ताको नेतृत्व गरिरहेका छन् ।

‘चीनसँगको वार्ता निकै सौहाद्रपूर्ण ढङ्गबाट अघिबढिरहेको छ । निश्चयपनि हतारमा दगुर्नु आवश्यक छैन । किनकि चीनले अमेरिकालाई कर बुझाइरहेको छ,’ ट्रम्पले शुक्रबार गरेको ट्वीटर सन्देशमा भनेका छन् । तर उनले करबारे व्यापारबार्ताबाट सम्झौता हुनुपर्ने बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -