२०८३ वैशाख २८, सोमबार
७:५१:३७ बिहान
- ADVERTISEMENT -

५५ सय वर्ष पहिले अहिलेको भन्दा विकसित

प्रकाशित मिति: २०७६ वैशाख २६, बिहीबार

1105
Shares

काठमाडौं, २६ बैशाख २०७६ । मोहनजोदडोको सभ्यता दक्षिण एशियामा पाईएको अहिलेसम्मको सबैभन्दा पुरानो सभ्यता हो। प्राप्त प्रमाणहरुका अनुसार विभिन्न दुई भागमा विभाजित भएको मोहनजोदडोको सभ्यतालाई वैदिक सभ्यता भन्दा पनि हजारौं वर्ष पहिलेको शहरको रुपमा मानिएको छ। प्राप्त ऐतिहासिक प्रमाणहरुका अनुसार मोहनजोदडोको सभ्यता आजभन्दा ५५ सय वर्ष पुरानो सभ्यता हो। जुन मिश्र र मेसोपोटामियाको समकालिन सभ्यता हो। जबकि बैदिक सभ्यताको समय १५ सय ईशापूर्वदेखि १००० इशापूर्वसम्मलाई मानिन्छ।

सबैभन्दा पहिले मोहनजोदडोको सभ्यताको खोजी भारतीय इतिहासकार रखलदास बन्ध्योपाध्यायले सन् १९२२ मा गरेका थिए। उनलाई यसको खोजी गर्नको लागि ४० वर्ष लागेको थियो। जसको ४० वर्षको खोजबाट ५५०० वर्ष पहिले जम्बूद्वीपमा एउटा व्यवस्थित र सुसंस्कृत सभ्यताको सुरुवात भएको थियो भन्ने पत्ता लागेको छ।

सन् १९१० मा स्नातकोत्तर सम्पन्न गरेपछि भारतीय पुरातत्व सर्वेक्षण विभागको उत्खनन सहायकको रुपमा काम सुरु गरेका बन्द्योपाध्यायले एक वर्ष कलकत्ता स्थित भारतीय संग्रहालयमा काम पनि गरे। त्यसपछि उनले यसको खोज सुरु गरेका थिए। भनिन्छ कि त्यो संस्कृति आजको हामीहरुको भन्दा सुसंस्कृत र व्यवस्थित खालको थियो। त्यहाँको कला कौशल, घर र समुदाय निर्माणको कला अहिलेको भन्दा पनि व्यवस्थित थियो।

विभिन्न ऐतिहासिक अध्ययनहरु गरी रिपोर्ट तयार पार्ने ‘नेचर’ नामको एक जर्नलमा उल्लेख भए अनुसार सो सभ्यता ८००० वर्ष पुरानो सभ्यता हो। यद्यपि यसको पनि अन्य स्पष्ट प्रमाण भने पाईँदैन। अहिले यो स्थानलाई युनेस्कोले पनि प्राचीन धरोहरको सूचीमा उल्लेख गरिसकेको छ। सिन्धी भाषाको मोहन जोदडोको अर्थ हुन्छ ‘मुर्दाहरुको पहाड’सिन्धी भाषा भारतको पश्चिमी भाग र मुख्य रूपले गुजरात र पाकिस्तानको सिन्ध प्रान्तमा बोलिने एक प्राचीन प्रमुख भाषा हो। यो सभ्यता पनि अहिलेको भौगोलिक विभाजन अनुसार पाकिस्तानको सिन्ध प्रान्तको सक्खर जिल्लामा अवस्थित रहेको थियो।

भारत सरकार मातहतको राष्ट्रिय शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषद्को दस्तावेजमा भेटिएको एक पुस्तक अनुसार मोहनजोदडो एक नियोजित र व्यवस्थित शहरी केन्द्रहरु थिए। यसमा दुईवटा शहरी केन्द्रहरु थिए। एउटा निचला नामको शहर तुलनात्मक रुपमा उचाईमा रहेको र ठूलो थियो भने दुर्ग नामको शहर सानो र मध्य भागमा रहेको थियो।

भारत सरकारको इतिहास विभागले तयार पार्ने ‘भारतीय इतिहासको केही विषय’ नामको जर्नलमा मोहनजोदडोको सभ्यता खोज्दै जाँदा त्यहाँ एउटा व्यवस्थित रुपमा तयार पारिएको प्रवेशद्वार र पानी एवं ढल निकासको लागि नालीहरुको समेत अवशेष पाईएको छ। त्यतिबेला ध्यानपूर्वक बनाईएको र नियोजित जलप्रणालीको समेत व्यवस्था गरिएको थियो भन्ने विश्वास पनि अहिले इतिहासकारहरुको छ। व्यवस्थित र योजनाबद्ध रुपमा तयार पारिएका बाटोहरु र घरबाट फोहोर पानीलाई नालीमा लैजाने निकास समेत हरेक घरमा राखेको भेटिएको छ।

एक इतिहासकार अर्नेष्ट मैकेले सन् १९४८ मा अर्लि इंडस सिभिलाईजेसन नामको पुस्तकमा लेखेका छन् ‘जल निकास प्रणालीहरु केवल ठूला ठूला शहरमा मात्रै होईन। यो कैंयौं सानातिना बस्तीहरुमा समेत भेटिन्छ। उदाहरणको लागि लोथलमा आवासको निर्माणको लागि कच्ची ईंटाको प्रयोग गरिएको थियो। तर, त्यहाँको नालीहरुमा पकाईएको ईंटा प्रयोग गरिएको थियो।’

त्यतिबेला त्यहाँका दुई शहरहरु कृषिको लागि निकै उत्कृष्ठ मानिन्छन्। त्यही कृषि फसलहरु राख्नको लागि तुलनात्मक रुपमा सानो मानिएको दूर्गमा विशाल गोेदाम राखिएको संरचना भेटिएको छ। त्यसको तल्लो भागमा काठको प्रयोग गरिएको थियो भने विभिन्न स्थानहरुमा विशाल स्नानगार समेत रहेको ‘भारतको इतिहासको केही विषय’ नामक जर्नलमा उल्लेख गरिएको छ।

त्यो विशाल स्नानगार आँगनमा बनाईन्थ्यो। जुन आयाताकार जलाशय हो। जसमा चारै तर्फ पर्खाललगाएर पानी रोकेर राखिएका हुन्थे। जलाशयको तल जानको लागि दक्षिणी भागमा दुई सिँडीहरु बनाईएका थिए। अहिलेसम्म त्यस्ता ८ स्नानगृह भेटिएको उल्लेख छ।

टाढा टाढासम्म व्यापारको श्रृङ्खला
विभिन्न पुरातात्विक स्रोतहरुको आधारमा यस बेला पनि लामो दूरीको व्यापार व्यवसाय समेत हुने गरेको भेटिएको छ। पानी राख्ने तामाको भुँड्को भेटिएको छ। जुन भुँड्को ओमानी सभ्यताको खोजी गर्दा पनि भेटिएको छ। यसको माथि कालो माटो राखेर पानी चुहिन नदिने बनाईएको थियो । त्यो भुँड्कोको माथि राखिएको माटो ओमानमा पाईएको इतिहासकारहरु बताउँछन्। यसले गर्दा कम्तिमा पनि त्यतिबेला ओमानसम्म व्यापार हुने गरेको मान्न सकिन्छ। यस समयका महिलाहरु पनि हार, झुम्का, औठी, कङ्गन जस्ता आभुषणहरु लगाउने गर्दथे।

शासन व्यवस्था र पतन
त्यतिबेलाका नागरिकहरु एकदमै सभ्य र सुसंस्कृत स्वभावका थिए । सो शहरका नागरिकहरुको जीवनशैलीको बारेमा त्यति धेरै जानकारी नभएको भएपनि त्यतिबेलाको समकालीन मिश्र सभ्यता र मेसोपोटामियाको सभ्यतालाई आधार मानेर कला कौशल र व्यापारका कारण पनि यहाँका मानिसहरु चर्चित रहेको कुरा भेट्न सकिन्छ।

बहराईनमा भेटिएको एउटा गोलाकार मुद्रामा छापिएका तस्वीरहरु देख्दा त्यो मोहन जोदडोको सभ्यतामा प्रचलित मुद्राहरु रहेको इतिहासकारहरुको दाबी छ। यसले अहिलेको बहराईनतिरसम्म पनि व्यापार फैलिएको हुनसक्ने अनुमान समेत गर्न थालिइको छ।

यस्तो चर्चित र पुरानो शहर मोहनजोदडोको पतनको बारेमा पनि अहिलेसम्म त्यस्तो विश्वासिलो प्रमाण भेटिएको छैन। त्यसैले यसबारे जान्नको लागि पनि कहानीलाई नै आधार मान्नुपर्ने अवस्था छ। केही केहीले सिन्धु नदीमा अचानक भीषण बाढी आयो। जसका कारण सिन्धुको किनारामा रहेको सो सभ्यता नै सबै उजाड भयो भन्ने मत प्रस्तुत गर्ने गरेका छन्।

तर, सो क्षेत्रमा बाढी आएको र त्यति ठूलो क्षति पुर्‍याएको भन्नेबारे पनि इतिहासकारहरु एक मत हुन सकेका छैनन्। त्यसैले बाढीबाट पूरै सभ्यताको पतन बारे धेरै अस्पष्टता पनि देखिन्छ। जानकारीका अनुसार यहाँ कुनैपनि बाढी आएको प्रमाण भेटिँदैन। कसैले यस्तो पनि मान्ने गरेका छन् कि मोहनजोदडो र त्यहाँको शहर कैयौं पटक विनाश भएको थियो। जसका कारण जमिन लगभग २५० एकड टाढासम्म दबेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -