- ADVERTISEMENT -
- ADVERTISEMENT -

पाकिस्तानको लाहोरमा आत्मघाती विस्फोट : आठ जनाको मृत्य, २५ घाइते

May 8, 2019
943
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लाहुर, २५ बैशाख २०७६ । पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरको सूफी दरगाह दाता दरबार बाहिर बुधबार आत्मघाती बम विस्फोट गराइएको छ ।

पन्जाब प्रान्त प्रहरीका अनुसार उक्त विस्फोटमा आठ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा पाँच जना प्रहरी अधिकारी छन् ।

प्रहरीका अनुसार उक्त हमलामा २५ जना घाइते भएका छन् । उनीहरुको उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । प्रहरी अधिकारीका अनुसार हमलाकारीले प्रहरीको गाडीलाई निशाना बनाएर विस्फोट गराएका थिए ।

विस्फोट लगत्तै उक्त स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ भने उक्त क्षेत्रमा अन्य पनि विस्फोट हुनसक्ने आंशकामा ‘सर्च अप्रेशन’ भइरहेको छ ।

पाकिस्तानमा प्रधानमन्त्री इमरान खानले उक्त हमलाको निन्दा गरेका छन् । उनले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्‍न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् । उक्त हमलाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् ।

पाकिस्तानको पन्जाब प्रान्तको प्रहरीका आईजी आरिफ नवाजका अनुसार उक्त विस्फोट आत्मघाती हमला भएको र प्रहरीलाई निशाना बनाएको थियो । उनले मिडियालाई भनेका छन्, “प्रहरीलाई निशाना बनाएर हमला गरिएको हो । हमलाकारी आएको स्थानमा नै विस्फोट गराएको भए बढी क्षति हुनसक्थ्यो । डियूटीमा भएको प्रहरीको गाडीलाई निशाना बनाएर हमला गरिएको छ ।”

उनले पाकिस्तानमा रहेका सबै सुरक्षा निकायहरु अनुसन्धानमा जुटीरहेको र प्रमाण जम्मा गरिरहेको बताए ।

दाता दरबार दरगाह दक्षिण एसियाकै सबभन्दा पूरानो दरगाहमध्ये एक हो । यहाँ हरेक दिन हजारौंको संख्यामा दर्शनार्थीहरु आउने गर्छन् । दर्शन गर्नेमध्ये सुन्नी तथा शिया मुसलमानका साथै अन्य गैर-मुस्लिम समुदायका मानिसहरु पनि आउने गर्छन् ।

यो हमला मुस्लिम धर्मालम्बीको रमजान चलिरहेको महिनामा भएको छ । सन् २०१० मा यहाँ भएको हमलामा ४२ जनाले ज्यान गुमाएका थिए । सन् २०१६ मा इस्टर डेमा भएको आक्रमणमा लाहोरमा नै ७२ जनाले ज्यान गुमाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -