- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आज भारतमा सात राज्यका ५१ स्थानका लागि पाँचौँ चरणको चुनाव

May 6, 2019
1030
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एजेन्सी, २३ बैशाख २०७६ । तल्लो सदन लोकसभाका लागि आज (सोमबार) पाँचौँ चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदै छ ।

पाँचौँ चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदै छ । जम्मु कस्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा पनि मतदान हुने कार्यक्रम छ ।

यस चरणमा उत्तर प्रदेशबाट गृहमन्त्री राजनाथ सिंह, भारतीय राष्ट्रिय कंग्रेसकी नेत्री सोनिया गान्धी, कंग्रेस अध्यक्ष राहुल गान्धी तथा मन्त्री स्मृति इरानीको भाग्यको फैसला हुनेछ । यस चरणमा कुल ६७४ उम्मेदवार चुनावी मैदानमा छन् । यस चरणमा करिब नौ करोड मतदाताले मतदान गर्नेछन् ।

पाँचौँ चरणको यस चुनावमा खासगरी उत्तर प्रदेशका रायबरेली र अमेठीको भिडन्त निकै रोचक मानिएको छ । यी दुवै स्थानमा सोनिया गान्धी र राहुल गान्धीलाई सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले कडा टक्कर दिने अपेक्षा गरिएको छ । तर, उत्तर प्रदेशको राजनीतिमा निकै प्रभावशाली समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धनले रायबरेली र अमेठीमा उम्मेदवारी नदिएकाले यी दुवै स्थानमा कंग्रेस नै विजयी हुने अडकलबाजी गरिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

यसअघि सन् २०१४ को चुनावमा यी क्षेत्रका कुल ५१ स्थानमध्ये भाजपाले ४० स्थान जितेको थियो भने कंग्रेसले दुई स्थान मात्र जितेको थियो । कंग्रेसले रायबरेली र अमेठीमा मात्र विजय हासिल गरेको थियो । भारतीय चुनाव आयोगले पाँचौँ चरणको चुनावका लागि ९४ हजार मतदान केन्द्र स्थापना गरेको छ । साथै चुनावी हिंसालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था निकै कडा बनाएको छ । पाँचौँ चरणको मतदान सकिएसँगै लोकसभाका कुल ५४२ मध्ये ४२४ स्थानका लागि चुनाव समाप्त हुनेछ । बाँकी ११८ स्थानका लागि आगामी मे १२ र १९ मा छैटौँ र सातौँ चरणमा मतदान हुनेछ । चुनावको मतगणना आगामी मे २३ मा हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com