गोरखा, २३ बैशाख २०७६ । सेन्ट जोसेफ मावि ११ किलोका एक विद्यार्थी निस्कासित भएका छन् । विद्यालयको क्यान्टिन भन्दा बाहिर गएर खाजा खाएको भन्दै कक्षा ९ मा पढ्ने बिबेककुमार यादव निस्कासित भएका हुन् । ‘मेरो छोरा ३ कक्षा देखि त्यहीँ स्कूलमा पढ्छ’ बुबा मुकेशकुमार यादवले भने ‘तर साथीहरुसँग बाहिर गएर खाजा खायो भनेर स्कूलले निकालिदियो ।’

कक्षा ८ मा छँदा बिबेक सहित उनका ३/४ जना साथीहरुले विद्यालय बाहिरको पसलमा गएर खाजा खाएको भन्दै कारवाही गरिएको हो । अघिल्लो शैक्षिक सत्रमा निस्कासनको चेतवानी दिएपछि उनका साथीहरु भने अन्यत्रको विद्यालयमा गइसकेका छन् । तर बिबेकलाई भने विद्यालयले ९ कक्षामा भर्ना लिएपछि विद्यालय नआउन भनेको छ । ‘मैले ९ हजार तिरेर उसलाई ९ कक्षामा भर्ना गराएको छु, ३/४ दिन पढ्न पनि गएको छ’ बुबा मुकेशले भने ‘पछि फादरले मलाई बोलाएर तपाइँको छोरा यहाँ पढ्न मिल्दैन लैजानु भन्नुभयो, अब म कहाँ लैजाउँ ।’ नियम विपरित बाहिरको पसलमा खाजा खाएको भन्दै उनलाई कारवाही गरिएको बारे विद्यालयले अभिभावलाई पत्र काटेको थियो । होस्टेलमा बसेर पढ्न बिबेकको अभिभावक सम्म बेलैमा पत्र नपुगेपछि अहिले उनको भविष्य अन्धकार भएको छ । ‘अरु साथीहरुले पढ्न थालेको एक महिना हुन लाग्यो, उ भने घरमा गएर बसेको छ’ बुबा मुकेशले भने ‘यसै विद्यालयको अरु शाखामा सरुवा गर्दिनु म अन्तै लैजान्छु भन्दा पनि गरिदिनु हुन्न ।’ विद्यालयले अर्को शाखामा सरुवा नगरिदिएपछि बिबेकले पढ्न पाएका छैन् । मुकेशले उक्त समस्या बारे जिल्ला समन्वय समिति, जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई र गोरखा नगरपालिकालाई समेत जानकारी गराइसेका छन् ।

बिबेकको आचारण नसही भएकोले निस्कासन गरिएको विद्यालय स्रोतले बताए । उनी कक्षा ६ मा पढ्दा लागु औषध सहित फेला परेका थिए । विद्यालयले पटक–पटक सचेत गराउँदा उनी अबैद्य इलेक्ट्रिक हुक्का खाने, साथीहरुको समूह बनाएर दिउँदै विद्यालयको कम्पाउण्ड नाघेर भाग्ने लगायतका काम गरेको विद्यालय स्रोतले आरोप बताएको छ । तर विद्यालयका प्रधानाध्यापक डेनिस सुजालाई पटक–पटक सम्र्पकको प्रयास गर्दा पनि उनको फोन उठेन ।

उक्त घटनालाई लिएर नेपाल विद्यार्थी संघले ध्यानाकर्षण पत्र बुझाएको छ । नेबिसंघका जिल्ला सभापती सुबास अधिकारीद्धारा हस्ताक्षरित उक्त पत्रमा जिल्ला प्रशासन कार्यालय, शिक्षा बिकास समन्वय इकाई र नगर शिक्षा समितिको कार्यालयमा बोधार्थ सहित विद्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । उक्त पत्रमा नयाँ विद्यार्थी भर्ना, विद्यालयले दिने छात्रवृत्ति विवरण र विद्यालयले लिदै आएको शुल्कका विषयमा छानबिन गर्न माग गरिएको छ । कक्षा ९ मा भर्ना भएका विद्यार्थी बिबेककुमार यादव पूर्वाग्रही ढङ्गले अध्ययन गर्न नदिएको भन्दै उक्त घटनाको भत्र्सना गरेको छ । गोराखासमाचार बाट साभार

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्