- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

तानाशाही हुन सेनबाट मोहित ओली कम्बोडिया जाँदै, कसरी खोसिए’थ्यो कम्बोडियामा

May 6, 2019
946
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, २३ बैशाख २०७६ । प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियाका सैनिक तानाशाह हुन सेनसँग भेट्नको लागि यही मे १३ देखि १५ गतेसम्म कम्बोडिया जाँदैछन् । ९ मेमा नेपालबाट भियतनामको लागि यात्रा गर्न लागेका ‌ओली भियतनाम पछि कम्बोडिया भ्रमणमा जान लागेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पत्रकारसम्मेलन मार्फत् जानकारी दिएका छन् ।

तानाशाही शैलीमा ३४ वर्षसम्म कम्बोडियाको प्रधानमन्त्री बनेका उनलाई पछिल्लो समय तानाशाहीको आरोपमा अन्तराष्ट्रिय समुदायहरुले एक्ल्याउँदै आएका छन् । गत वर्ष काठमाडौंमा भएको एशिया प्यासिफिक समिटमा सहभागी हुनको लागि उनी आउँदा ओली सरकारले चर्काे आलोचना खेप्नु परेको थियो। सो समयमा प्रधानमन्त्री ओली र सेनबीच डेढ घण्टासम्म एक्ला एक्लै भेटवार्ता भएको थियो । कुनैपनि प्रतिपक्षी दल विना नै चुनाव गरेर उनी अहिले छैठौं पटक कम्बोडियाको प्रधानमन्त्री बनेका छन् । २०१८ मा त्यहाँ पछिल्लो समय चुनाव भएको थियो । हरेक ५/५ वर्षमा चुनाव भईरहने सो देश एकल पार्टी प्रणालीमा चलिरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

जसरी कम्बोडियामा प्रधानमन्त्री हुन सेनले सबै शासन सत्ता आफ्नो हातमा लिएर देखावटी चुनाव गर्ने गरेका छन् । पछिल्ला घटनाक्रमहरुले प्रधानमन्त्री पनि सेनकै शैली नेपालमा पनि अवलम्बन गर्न खोजेको भान हुन्छ । अर्थतन्त्रको हिसावले पनि नेपालको भन्दा ठूलो अर्थतन्त्र नरहेको र तानाशाही शासन रहेको कम्बोडियासँग प्रधानमन्त्री ओलीको साँठगाँठले धेरैमा शंका सिर्जना गरेको छ । एशिया प्यासिफिक सम्मेलनमा आउँदाखेरी नै हवाईसँगै विभिन्न ४ वटा बहुराष्ट्रिय सम्झौता गरेका कम्बोडियाका प्रधानमन्त्री हुनले सोही समयमा नै प्रधानमन्त्री केपी ओलीलाई कम्बोडिया भ्रमणको निम्तो दिएका थिए । अब कम्बोडियामा फेरि सोही अनुसारको छलफल र सम्मेलनमा सहभागी हुनसक्ने सम्भावना रहेको प्रधानमन्त्री स्रोतले जनाएको छ ।

एक मानव अधिकारबादी संगठन ह्युमन राईट्स वाच नामक संस्थाले तयार पारेको एउटा रिपोर्टमा हुनलाई पूर्ण सैन्य तानाशाहको रुपमा उल्लेख गरिएको छ । सोही रिपोर्टमा १२ लाखदेखि २८ लाखसम्म भोकमरी रहेको कम्बोडियामा प्रधानमन्त्रीले यसको सुधारको लागि केही गर्न नसकेको आरोप समेत लगाईएको छ । ‘कम्बोडिया डर्टि डजन नामको सो रिपोर्टका अनुसार उनका १२ जना सैन्य अधिकारीहरु सेन तानाशाहको मेरुदण्डको रुपमा रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

कम्बोडियाको समाचारपत्र र दर्जन बढी रेडियो स्टेसनहरु समेत हुन आएपछि बन्द गरिएको छ भने पत्रकार, विपक्षी नेता र गैरसरकारी संस्थाका सदस्यहरुलाई जेल चलान गरिएको छ । नेपालमा समेत तानाशाही शैली देखाउँदै आएका ओलीले यस्ता उग्र तानाशाही शासकसँग देखाएको सौहार्दताले धेरै मानिस प्रधानमन्त्री ओलीसँग सशंकित बनेका छन् ।

को हुन् हुन ?
एकलौटी चुनाव गरेर ३४ वर्षसम्म एकछत्र शासन गरिरहेका हुन् सेन कम्बोडियाली पीपल्स पार्टी ९सीपीपी० का अध्यक्ष समेत हुन् । सन् १९८५ देखि एकछत्र शासन गर्दै आएका सेनले विश्वमा सबैभन्दा लामो समयसम्म शासन गर्ने प्रधानमन्त्रीको सूचीमा दोस्रो स्थान ओगट्न सफल भएका छन् । सन् १९७९ देखि १९८६ तथा १९८७ देखि १९९० सम्म देशको विदेश मन्त्री समेत रहेका उनले आफ्नो सम्मानार्थ ”सम्देच अक्का मोहा सेना पेदाई तेचो हुन सेनु उपाधि लिएका छन् ।” त्यसो अर्थ हुन्छ ”स्वामी प्रधानमन्त्री, सर्वोच्च सैन्य कमाण्डर हुन सेन।” जन्मको समयमा उनको नाम हुन बुनल थियो । साम्यवादी नेता खमेर रूजसँग जोडिएको दोस्रो वर्षमा नै उनले आफ्नो नाम बदलेर सेन राखेका हुन् ।

हुन सेन जनवरी १९८५ मा पहिलो पटक प्रधानमन्त्री पदमा आसीन भए । जब एक(दलीय राष्ट्रिय सभाले उनलाई चान सीको उत्तराधिकारी घोषित गरेको थियो । डिसेम्बर १९८४ मा चान सीको मृत्यु पछि उनलाई प्रधानमन्त्री बनाउने बाटो खुल्ला भयो । उनले यो पद १९९३ सम्म संयुक्त राष्ट्र समर्थित चुनाव हुँदासम्म सम्हाले । सन् १९९३ मा भएको चुनावमा कुनैपनि पार्टीको बहुमत मिलेन । फुन्किन्पेक ९कम्बोडियामा एउटा राजतन्त्रवादी राजनीतिक दल० सँग आम सहमति पश्चात सेन नोरदम रानारिद्धको सहयोगमा दोस्रोपटक प्रधानमन्त्री बने र १९९७ सम्म यस पदमा बसे । १९९८ को चुनावमा उनले आफ्नो पार्टी सीपीपीलाई विजय त हाँसिल गराए । तर, फुन्किन्पेकको साथमा नै गठबन्धन सरकार बनाउन उनी बाध्य भए । हुन सेनले त्यतिबेलादेखि अहिलेसम्म कूल छ पटक लगातार प्रधानमन्त्रीको कार्यकाल सम्हालीसका छन् । जुन २०१५ मा चेया सिमको मृत्यु पछि उनी सीपीपीका अध्यक्ष बने । २०१८ मा उनी बिना विपक्षी पार्टी भएको चुनावमा छैठौं पटक प्रधानमन्त्री बने । २०१८ मा आम चुनाव गरियो । तर, त्यसमा उनको पार्टीबाहेक अरु कोही पनि सहभागि थिएनन् । त्यसपछि उनको पार्टी आफैंले चुनाव जितेको घोषणा गर्‍यो र उनी फेरि प्रधानमन्त्री भए ।

सेनको जन्म कम्पोङ्ग चाममा एक किसान परिवारमा भएको हो । उनी आफ्ना पिता हुन नेआङ्गको कुल छः सन्तानहरु मध्ये तेस्रा सन्तान थिए । उनको विवाह हुन मानेटसँग भएको छ। उनको पनि ६ वटा बच्चाहरु भएका छन् । उनका सन्तानहरुमा कम्सोत ९स्वर्गवासी०, हुन मानेट, माना, हुन मनिथ, हुन मानी, माली तथा मालिस रहेका छन् । हुन मानेट ब्रिस्टल विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी हुन् । सेनको कार्यकालको दौरान उनका सबै पुत्रहरुले ठूलो भूमिका निर्वाह गरे । उनका दाइ हुन नेङ्ग कम्पोङ्ग चामका राज्यपाल भनिसकेका व्यक्ति हुन् । उनी अहिले सांसद छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com