२०८३ जेठ ५, मंगलबार
३:३१:३५ राति
- ADVERTISEMENT -

कलंकीमा ‘पिक एण्ड ड्रप’ व्यवस्था आजदेखि लागू

प्रकाशित मिति: २०७६ वैशाख २२, आइतबार

936
Shares

काठमाडौं, २२ बैशाख २०७६ । कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नुपर्ने भएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त र दुरुस्त बनाउनका लागि उक्त व्यवस्था लागू गरिएको जानकारी दिनुभयो । ‘पिक एण्ड ड्रप व्यवस्था लागूसँगै कलङ्की क्षेत्रमा हुने सवारी जाम कम हुने विश्वास हामीले लिएका छौँ,’ उहाँले भन्नुभयो । महाशाखाले यसअघि रत्नपार्क, पुरानो बसपार्क, आरएनएसी, जमल, लैनचौर, कोटेश्वरलगायत अत्याधिक सवारी चाप हुने क्षेत्रमा सो व्यवस्था लागू गरेको थियो ।

महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि तीन महीने कार्ययोजना बनाएर कामसमेत शुरु गरिसकेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा चैत २१ देखि शुरु भएको तीन महीने कार्ययोजनाअन्तर्गत उपत्यकाका करिडोर, जेब्राक्रसिङ र आकाशे पुल निर्माण गर्नाका साथै सवारी साधनको प्रदूषण जाँचलगायत काम ट्राफिक प्रहरीले गर्दै आएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -