Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४२:३० बिहान
- ADVERTISEMENT -

जापानका नयाँ राजाले पहिलो सम्बोधनमा भने : विश्व शान्तिका लागि काम गरौँ

प्रकाशित मिति: २०७६ वैशाख २१, शनिबार

956
Shares

एजेन्सी,२१ बैशाख २०७६ । जापानका नयाँ राजा नारुहितोले विश्व शान्तिका लागि सँगसँगै काम गर्न आह्वान गरेका छन्। राजामा नियुक्त भएपछिको पहिलो सम्वोधन गर्दै शनिबार उनले सवै देशहरूसँग हातमा हात मिलाएर अगाडी बढ्न आफूले चाहेको बताए।

उनले भने, ‘म गम्भिरतापूर्वक आग्रह गर्दछु कि, विश्व शान्ति र बाँकी विकासका लागि सबै देशहरूले सहकार्य गर्नु आवश्यक छ।‘ जापानका १२६ औँ राजा ५९ बर्षीय नारुहितो टोक्योस्थित राजदरबारको शिशाले घेरिएको बार्दलीमा देखा परेका थिए।

राजासँगै महारानी मासाकोसहित शाही परिवारका अन्य सदस्यहरू पनि देखा परेका थिए।

जापानका सम्राट नारुहितोले मंगलबार मध्यरातबाट जापानको राजगद्दी सम्हालेका थिए। उनी जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६ औं राजा भएका छन।

विदेशमा अध्ययन गर्ने पहिलो तथा जापान पराजित भएको दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मंगलबार मध्यरातमा ‘क्रिसेन्थिमम थ्रोन’ नाम दिइएको विशिष्ट रूपमा सजाइएको राजगद्दीमा राखिएको थियो।

उनका बुबा सम्राट अकिहितोले मंगलबार राजगद्दी त्यागेका थिए। जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राजगद्दी त्याग गरेको यो पहिलो पटक हो।

पूर्वराजा अकिहितो र रानी मिचिको भने सो कार्यक्रममा सहभागी भएका थिएनन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -