२०८३ जेठ ५, मंगलबार
३:५६:४९ राति
- ADVERTISEMENT -

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणिकरण

प्रकाशित मिति: २०७६ वैशाख २०, शुक्रबार

1103
Shares

पोखरा, २० बैशाख २०७६ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणिकरण गरेका छन् ।

गण्डकी प्रदेशसभाले पारित गरेको उक्त विधेयक प्रमुख कुँवरले बिहीबार प्रमाणिकरण गरेका हुन् । गण्डकी प्रदेशसभाको यही वैशाख ८ गते बसेको बैठकले पारित गरेको विधेयकलाई गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले सोही दिन प्रमाणित गरेपछि गण्डकी प्रदेशसभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेशसभाले पारित गरेका विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने प्रावधान छ । प्रदेश प्रमुख कुँवरले बिहीबार नै पाँच÷पाँच प्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणिकरण गरेका थिए । नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरेका हुन् । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।

गण्डकी प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव विश्वप्रकाश न्यौपानेले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका ती विधेयकमध्ये एकप्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको र आन्तरिक मामिला तथा कानून मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभाको सचिवालय र सङ्घीय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति पठाइएको जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -