Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२७:०१ बिहान
- ADVERTISEMENT -

नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लू भएको पुष्टि

प्रकाशित मिति: २०७६ वैशाख १९, बिहीबार

934
Shares

काठमाडौं, १९ बैशाख २०७६ । नेपालमा पहिलो पटक एक जना व्यक्तिको बर्ड फ्लूका कारण मृत्यु भएको पुष्टि भएको छ। २१ वर्षीय युवकको बर्डफलूबाट मृत्यु भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। नेपालमा मानिसमा बर्डफ्लू पुष्टि भएको यो पहिलो घटना हो।

गएको चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका ति युवकको र्यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

उपचारका लागि अस्पताल आएको भोलीपल्टै चैत ११ गते इन्फलुएन्जाको औषधि दिइयो। तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते उपचारका क्रममा ती युवकको मृत्यु भएको मन्त्रालयले जनाएको छ। चैत १५ गते नै युवकको मृत्यु भएपनि प्रयोगशालामा परीक्षणका लागि पठाइएको नमुनाबाट के कारणले मृत्यु भएको र र्यालमा कुन भाइरस हो भन्ने प्रमाणित हुननसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

राष्टिय प्रयोगशालाले जानकारी दिन नसकेपछि थप परीक्षणका लागि नमूना जापान पठाइएको थियो। त्यसपछि यो नमूनाको नतिजा बैसाख १७ गते मंगलबार मात्रै नेपाल आएको थियो। यो नमूनामा बर्डफ्लू (एच फाइभ एन वान) भएको उल्लेख थियो।

त्यसपछि नेपालमा पहिलोपटक मानिसमा बर्ड फलु भएको् जानकारी बाहिर ल्याउने बिषयमा प्रधानमन्त्री कार्यालयमा जानकारी गराइएको थियो। मंगलबार नै पुष्टि भएपनि मन्त्रालयले २ दिन ढिला जानकारी गराएको छ। ती मृतकलाई के कति कारणले बर्ड फलु भएको र कुन क्षेत्रमा काम गर्ने हो भन्ने बारेमा कुनै पनि जानकारी ममन्त्रालयले दिएको छैन। यसबारे इपिडिमियोलोजी महाशाखाका निर्देशक विवेक लालसंग ३ दिनदेखि नै जानकारी लिने प्रयास भएपनि उनी सञ्चारमाध्यमको पहुँच बाहिर नै बसे।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २००३ देखि हालसम्म विश्वभरि ८६० जना व्यक्तिमा यो भाइरसको संक्रमण भएको पाइएको छ। मानिसमा यो भाइरसको संक्रमण ८६० जनालाई हुदा त्यसमध्ये ४५४ जना अर्थात आधाभन्दा बढी बिरामीको मृत्यु भएको तथ्यांकले देखाएको छ। सन् १९९६ मा यो भाइरस पत्ता लागेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -